Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 4.75/5.00)
Text size:-
+
-

पुलिसको नजरमा भुवन र श्रीकृष्ण भन्दा झरना माथि

फिल्मीखबर, काठमाण्डौ, 2013/05/05

स्टार रेटिङ कुन दर्शकले कसरी गर्छन् त्यो भन्न सकिन्न । तर पुलिसका केही जवानले भने एक अचम्मको रेटिङ गरेपछि प्रोड्यूसर एसोसिएसनको चुनावी माहोलमा यो प्रसंगको  निकै चर्चा भयो ।


महाराजगंज र सोर्‍हखुट्टेबाट खटिएका पुलिसको टिममा खटिएका केही जवानहरुले दुई स्टार भुवन केसी र श्रीकृष्ण श्रेष्ठलाई वेवास्ता गर्दै झरना थापालाई ज्यादा रुचाईएको पाईयो । ईलेक्सन हल भित्र डिउटीमा खटिएका  पुलिसका केही जवानको घेरामा झरना परेकी थिईन् । अझै पनि २२ बर्षकी देखिने उनी ईलेक्सन माहोलमा अत्याधिक राम्री भएर आउँदाको स्थितीको झन कुरै नगरौं ।

 

 

ब्यालेट पेपर (मत पत्र) बोकेर गोप्य ठाँउमा जाँदा पनि उनी एक जवानको फोटो खिच्ने गनगनबाट सुखी हुन सकिनन् । 'मलाई मोबाईलमा फोटो खिच्नु छ,' डिउटीमा भएका एक जवानले गनगन गरेपछि मिडियालाई समेत फोटो खिच्न निषेधित गरिएको क्षेत्रमै ती जवानको फोटो खिच्ने रहर मेटाउन प्रमुख निर्वाचन अधिकृत राजेन्द्र शलभ पनि बाध्य भए ।

 

ईलेक्सन हलमा ती जवान मात्र हैन अन्य पुलिसका अन्य जवानले पनि झरनलाई केही बेर हल भित्रै अड्काईदिए । भोट हाले पश्चात भुवन केसी, श्रीकृष्ण श्रेष्ठ लगायत अन्य   फिल्मकर्मीहरुलाई एक मिनेट पनि बस्न नदिएका पुलिसले आफ्नो काम छाडी झरनासंग फोटो शेसन गर्दा ईलेक्सन हल हेर्न लायक बनेको थियो ।