Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(12 votes, avg 4.42/5.00)
Text size:-
+
-

प्रोड्यूसर एसोसिएसन ईलेक्सन : फोटो फिचर

फिल्मीखबर, काठमाण्डौ, 2013/05/04

प्रोड्यूसर एसोसिएसनको ईलेक्सनमा राजकुमार राईले अशोक शर्मालाई हराईदिएका छन् । राईले अशोकलाई ३८ मत अन्तरले हराउदै बिजयी भएका हुन् । खसेको २ सय ११ मत मध्ये राईले १२४ ल्याएका छन्  भने अशोकले ८६ ल्याए ।


यस्तै महासचिमा पदमा भने अशोक तर्फका उम्मेदवार केशव भट्टराईले प्रत्याशी सुरेश दर्पण पोखरेललाई १२ मत अन्तरले हराएका छन् । केशबले ११० मत ल्याए भने सुरेशले ९८ मत ल्याएका छन् । सचिव पदमा पनि कडा प्रतिषपर्धा हुदै अशोक तर्फकै उम्मेदवार छवि ओझाले आफ्ना प्रतिद्धन्दी सुशिल पोखरेललाई ४ मत अन्तरले हराए । छबि पोल्टामा १०४ मत पर्‍यो भने सुशिलको पोल्टामा १०० मत पर्‍यो ।

उपाध्यक्षको दुई कोटामा अन्य प्रतिष्पर्धी नभएपछि रोज राणा र उदय सुब्बा यस अघि निर्विरोध भएका थिए । निर्विरोध हुनेमा कोषाध्यक्ष पदमा  प्रज्ञा जोशी पनि परेकी छिन् । यस्तै सदस्य पदमा कविता श्रेष्ठ (११७), दिनेश पाख्रिन(९२), बिरेन श्रेष्ठ(१०६), माधव वाग्ले(१०४), जेनी कुवँर(९७), डिक खड्का(९०), गोबिन्द शाही(९२), करण श्रेष्ठ(९०) र सुनिल मानन्धर (१११) बिजयी भएका छन् ।

 

फोटो फिचर :   प्रोड्यूसर एसोसिएसनको ईलेक्सन