चार बजे देखि सुरु प्रोड्यूसर एसोसिएसन ईलेक्सन २ घण्टामा सम्पन्न भएको छ । २ सय ४१ सदस्य मध्ये २ सय ११ जनाले मतदानमा सहभागीता जनाएका छन् । प्रतिशतको हिसावमा ८८ प्रतिशत मत खसेको छ ।
अध्यक्षमा राजकुमार राई र अशोक शर्माको कडा प्रतिष्पर्धा देखिएको छ । प्रतिष्पर्धा भएपनि रिजल्ट आफ्नो पोल्टोमा पर्ने दुवैले दावी गरिरहेका छन् । खसेको मत बदर नभएमा बिजयी हुन उमेद्वारले १०६ मत ल्याउनु पर्नेहुन्छ ।

