Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुरु भयो ईलेक्सन/ अध्यक्षका दुई प्रत्याशीले हाले भोट

अनुप भट्टराई, काठमाण्डौ, 2013/05/04

साँझ चार बजे देखि प्रोड्यूसर एसोसिएसनको ईलेक्सन सुरु भएको छ । डेढ घण्टा सम्म चलेको बन्द सत्र पश्चात अत्याधिक कडा सुरक्षा घेरमा एसोसिएसनको ईलेक्सन सुरु भएको हो । 

 

ईलेक्सनमा तनाव नहोस भन्ने हेतुले ब्यालेट बक्सको सुरक्षाका लागि दुई पुलिस तैनाथ छन् । यसैगरी ईलेक्सन हल भित्रकै हरेक कुनामा दुई–दुई जना पुलिस परिचालित छन् । निर्वाचन स्थल होटल बैशालीको मुख्य प्रवेशद्धार देखि लिएर हरेक  कुनामा पुलिस तैनाथ गरिएकाले सेक्यूरेटी अत्याधिक टाईट भएको महसुस गरेका छन् प्रोड्यूसरहरुले  ।

 
 
सुरज आचार्यबाट सुरु भएको भोट हाल्ने क्रममा अध्यक्षका दुई प्रत्याशी अशोक शर्मा र राजकुमार राईले ईलेक्सन सुरु भएको पन्ध मिनेट भित्रै मतदान गरिसकेका छन् । उनीहरु सहित ईलेक्सन सुरु भएको एक घण्टा भित्रमा ५० प्रतिशत मत खसिसकेको पर्यवेक्षक आकाश अधिकारीको भनाई छ । त्यसमध्येमा नीर शाह देखि लिएर उद्धव पौडेल र युवराज लामा, नकिम उद्दीन, श्रीकृष्ण श्रेष्ठ तथा विकास आचार्य पनि  छन् । 
 
 
ईलेक्सनमा प्रमुख निर्वाचन अधिकृतको रुपमा राजेन्द्र शलभ छन् भने उनलाई अधिकृतको रुपमा सिनियर जर्नलिष्ट भरत शाक्य र लयर तारकुमार श्रेष्ठले सहयोग गरिरहेका छन् । निर्वाचनमा धाधली नहोस भनेर अशोक शर्मा पक्षबाट निलहरी काफ्ले र दीपक रमणले मतकर्ताको निरिक्षण गरिरहेका छन् भने राजकुमार राईको तर्फबाट आकाश खवास र सुशान्त श्रेष्ठ छन् ।