Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.50/5.00)
Text size:-
+
-

निर्माता संघ पुरस्कार (फोटो फिचरसहित)

फिल्मीखबर, काठमाण्डौ, 2013/05/04

२०६८ सालमा अत्याधिक विजनेस गर्न सफल लुट र २०६९बाट शायद फिल्मलाई प्रोड्यूसर एसोसिएसनको साधारणसभामा पुरस्कार सहित सम्मान प्रदान गरिएको छ ।

 
प्रिन्सेस मुभिजको ब्यानरमा निर्मित लुट र दुर्गिस फिल्मसको ब्यानरबाट बनेको शायदका प्रोड्यूसरहरुलाई भगवानदास श्रेष्ठ स्मृति पुरस्कारसंगै ती फिल्मका डाईरेक्टरहरुलाई पनि  प्रकाश थापा स्मृति पुरस्कार प्रदान गरिएको हो । लुटका डाईरेक्टर निश्चल बस्नेत हुन र शायदका सुरज सुब्बा नाल्बो हुन । 
 
एसोसिएसनका पूर्व अध्यक्षहरु यादव खरेल, नीर शाह, युवराज लामा तथा अशोक शर्माले उनीहरुलाई पुरस्कार एवं सम्मान प्रदान गरे । यसैगरी एसोसिएसनले प्रोड्यूसर अवार्डबाट २०६८ बाट सिनियर प्रोड्यूसर लक्ष्मीनाथ शर्मा र ०६९बाट उद्धव पौडेललाई सम्मान प्रदान गरेको छ । यस्तै एसोसिएसनले पोखराको बिन्ध्वाबासिनी चलचित्र मन्दिर र दमकको पाथीभारा चलचित्र मन्दिरलाई प्रदर्शन पुरस्कार प्रदान गर्‍यो ।
 
बिहान ११ बजे देखि सुरु साधारणभाको कार्यक्रम पश्चात २ बजे देखि बन्द सत्र सुरु भएको छ ।