Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कडा सुरक्षाका बीच होटल बैशालीमा प्रोड्यूसर एसोसिएनको साधारणसभा/ सत्र बर्षपछि कपाल काटे राजकुमारले

अनुप भट्टराई, काठमाण्डौ, 2013/05/04

चेयरम्यान भएपश्चात पनि  कपाल नकाट्दा राजकुमार राई चौतर्फी आलोचित बनेका थिए । तर आज सुरु प्रोड्यूसर एसोसिएसनको १२औं चुनावी साधारणसभामा उपस्थित हुँदा उनी सभ्य भएर देखिएका छन् ।

 
राजकुमारले १७ बर्षदेखि नकाटेको लामो कपाललाई ब्रस कटमा ढालेका छन् । यध्यपी अझै पनि कपाल कटाईको डिजाईन शालिन देखिदैन उनको । साधारण सभा माहोलमा छोटो कपालमा देखिदा सवैको ध्यानकर्षण उनी तर्फ भएको थियो । दोस्रो कार्यकालका लागि अध्यक्षपदका लागि अशोक शर्मासंग प्रतिष्पर्धामा उत्रिएका राईलाई अग्रज फिल्ममेकरहरुले सर्वप्रथम  कपाल काटे समर्थनको ढोका खोल्ने सर्त राखेका थिए त्यसकारण पनि हुन सक्छ केही प्रोड्यूसरहरुको मत संकलन  गर्न अकस्मात उनले कपाल छोट्याएका । 
 
 
विवादसंगै ठमेल स्थित होटल बैशालीमै आयोजना गरिएको संघको साधारणसभामा कुनैपनि नराम्रो घटना नघटोस् भनेर ईन्सपेक्टर कवित कट्वालको नेतृत्वमा पुलिसलाई हाईअलर्ट अवस्थामा राखिएको छ ।  साधारणसभालाई सुरक्षा प्रदान गर्न बैशाली होटल भित्र  २५ भन्दा बढी पुलिस खटिएका छन् ।
 
 
साधारणसभा पश्चात हुने निर्वाचनका लागि २ सय ४१ सदस्यहरुले मतदान गर्ने तालिका छ । त्यस मध्येबाट दुई उपाध्यक्ष पदमा रोज राणा र उदय सुब्बा निर्विरोध भईसकेका छन् । उदय यहि कार्यकालका उपाध्यक्ष हुन् । यता कोषाध्यक्ष पदमा पनि यहि कार्यकालकी प्रज्ञा जोशीले निर्विरोध हुँदै कोषाध्यक्ष पद सम्हाल्दै छिन् । बाँकी महासचिव पदका लागि केशव भट्टराई र सुरेश दर्पण पोखरेल भिड्दैछन् ।
 
 
यसैगरी सचिवमा छवि ओझा र सुशिल पोखरेलको भिडन्त छ । बाँकी ९ सदस्यहरुमा २० उम्मेदवार दिनेश पाख्रिन, डिक खड्का, राजेश घतानी, सुसन प्रजापति, माधव वाग्ले, विरेन श्रेष्ठ, सुनिल मानन्धर, प्रभु शम्शेर जबरा, मनिष पन्थ, बिक्रम शाह, उकेश दाहाल, कविता श्रेष्ठ, जेनी कुबँर, हरि बराल, नन्द किशोर श्रीवास्तव, सुनिल रावल, मोहन डोटेल, बिजय बस्नेत, गोविन्द शाही र करन श्रेष्ठ छन् ।