आजबाट ५५ वटा पर्दामा रिलिज भएको मञ्जरी फिल्मले जर्नलिष्टहरुलाई सर्वप्रथम खुशी पार्न सफल भएको छ । दिन रात फिल्मी जर्नलिजमा खटिएका जर्नलिष्टहरु आज यो फिल्म हेरेर निकै प्रफुल्लित भए ।
स्टोरीहरु फ्रेम बाई फ्रेम आयतित भएपनि यसलाई नेपाली समाज अनुरुप ढाल्न सकेको तर्क गर्दै जर्नलिष्टहरुले मञ्जरीको खुलेरै तारिफ गरेका छन् । दिउँसो प्रेस शो आयोजना गरे पश्चात फिल्मीखबरले जर्नलिष्टहरुबाट मञ्जरीको सर्ट रिभ्यू बटुलेको थियो ।
ब्यानर : टुका ईन्टरटेन्मेन्ट
डाईरेक्टर : गणेश देव पाण्डे
प्रोड्यूसर : नरेश देव पाण्डे र महेश चालिसे
लिड आर्टिष्ट : गौरव पहाडी र सुजाता कोईराला
.jpg)
सुशिल पौडेल (कान्तिपुर डेली) : स्टोरी कहाँबाट ल्याईयो भन्दा पनि यसलाई फिल्मको रुपमा रिभ्यू गर्दा हेर्न लायक फिल्म बनेको छ । स्टोरी अनुसारको मुभमेन्ट, ब्याकग्राउण्ड म्युजिक र डेब्यू आर्टिष्टहरुको काम तारिफ योग्य छ ।
सन्तोष रिमाल (नागरिक डेली) : फोटो कपी सवै राम्रा हुन्छन् भन्ने छैन तर यो राम्रो फोटोकपी गरिएको फिल्म हो । फिल्मको सवै पक्ष राम्रो छ भन्दा फरक पर्दैन । तर मेरो हकमा क्लाईमेक्स चित्त बुझ्दो भएन कि भन्ने मात्र हो ।
सुब्रत आचार्य (कान्तिपुर साप्ताहिक) : स्टोरीमा पूर्ण फ्लो भएका कारण धेरै पछि कुर्सीमा बाधिराख्ने फिल्म बनेको छ । तपाईले मागेको पाँच स्टार मध्ये रेट गर्दा म यो फिल्मलाई ४.५ स्टारले रेट गर्छु । यसको अर्को सवल र प्रशंशाका पक्ष डेब्यू कलाकार सुजाता र गौरवको चयन हो । उनीहरुको अभिनय पनि उत्तीकै तारिफ योग्य छ ।
.jpg)
सन्दिप सापकोटा (एनटीभी प्लस) : समग्रमा फिल्म राम्रै बन्या छ । कलाकारहरुको अभिनय उत्कृष्ट छ । मालतीको भट्टी हेरिकन डाईरेक्टरको काम आकाश जमिन फरक छ । रेट गर्दा चाहि म यो फिल्मलाई ४ स्टार दिन्छु ।
राजन घिमिरे (एनटिभी) : अश्लिल फिल्महरुको बाढी आईरहेका बेला एउटा स्वच्छ पारिवारिक फिल्म बन्या छ । त्यसमा उत्कृष्टताको कुरै नगरौ । पात्र चयन यो फिल्मको उत्कृष्ट मध्येको एक प्रमुख पक्ष हो । समग्रतामा यो फिल्म उत्कृष्ट बनेकाले ४ स्टार दिन चाहन्छु ।
दिनेश सिटौला (एनटीभी प्लस) : मान्छे सुखी हैन खुशी हुन चाहन्छ अर्को तर्फ मायामा धनी गरिव भन्ने हुदैन भन्ने कुरा यो फिल्मले अझै स्पष्ट पार्छ । त्यसकारण सिम्पल फिल्मले अत्यन्त मन छोएको छ । फिल्म लाई ३.५ स्टार दिन चाहन्छु ।
कुवेर डंगोल (नेपाल वान टीभी) : साढे २ घण्टाको फिल्म अलिकति लामो भयो भन्ने मात्र हो । हैन भने फिल्म ओभरअलमा राम्रो छ । यसको लभ स्टोरीले मन अत्यन्त छोयो । रेट चाहि ३.५ गर्न चाहान्छु ।
.jpg)
सचिन आचार्य (टिभी फिल्मी) : झण्डै दश बर्षपछि कुनै फिल्मले यति धेरै भाबुक बनायो त्यो मञ्जरी हो मेरो नजरमा । दामी फिल्म बन्या छ । गौरव र सुजाता अभिनय एक्सीलेन्ट छ । त्यसमाथि फिल्मको बाल कलाकारको रोलको कुरै नगरौ । यो फिल्मलाई रेट गर्ने हो भने ३.५ रेट गर्छु म ।
किरण खनाल (एम. टीभी) : पछिल्लो समय रिलिज भईरहेका फिल्म भन्दा यो फिल्म उत्कृष्ट लाग्यो । फष्ट पार्टको दाजोमा सेकेण्ड अलि कमजोर हो कि भन्ने छ । यध्यपी फिल्म हेर्नलायक छ । रेट गर्दा यो फिल्मलाई ३ स्टार ।
विष्णु सुवेदी (वीक्ली फिल्मी ) : फष्ट हाल्र्फ सुप्पव बन्या छ । सेकेण्ड चाहि अलि स्लो महसुस भयो । ओभरलमा फिल्म उत्कृष्ट छ । यो फिल्मलाई म चाहि ४.२५ रेट गर्छु ।
.jpg)
.jpg)
.jpg)


