सामाजिक छवि समेत उच्च बनाएका आकाश अधिकारी एक योग्य डाईरेक्टर र प्रोड्यूसर हुन् तर उनी प्रोड्यूसर एसोसिएसनको चुनावी माहोलबाट बाहिरिएका छन् ।
फोहोरी गेम भएपछि उनी आउने कार्यसमितिको टिम बाहिरै रहने पक्का छ । यध्यपी मनोनित तर्फको दुई सदस्य पदको कोटा बाँकी रहेकाले उनलाई सो स्थानमा तान्न सकिने अझै ठाँउ छ । तर पनि नैतिकताको प्रश्नहरु उठाउदा उनी सो पदमा नबस्न पनि सक्छन् किनकी हालको कार्यसमितिमा उपाध्यक्ष पदमा छन् उनी । उनलाई अध्यक्षको सक्षम उम्मेदवार पनि भन्ने गरिन्थ्यो तर यो पटक उनले ब्यक्तिगत रुपमा आँट नगर्दाको सफट राजनीतिले उनी बाहिरिनु परेको अर्को कारण पनि हो ।
डिभाईडेड मेन्टालिटीका आधारमा उनी अध्यक्षको कुर्सी सम्हाल्ने पक्षमा थिएनन् तर राजकुमार राई र अशोक शर्माको जुगाँको लडाईले एक सक्षम ब्यक्ति आउट भएका छन् । 'मलाई पदको लोभ छैन किनकी यो ईन्डष्ट्रीको हितको लागि बाहिर बसेर पनि सहयोग गर्न सकिन्छ । त्यसकारण यो प्रसंङ्ग झिक्दै नझिकेको भए राम्रो,' फिल्मीखबरसंगको सम्बादमा उनले भने । उनलाई पुनः उपाध्यक्षमा ल्याउन राजकुमार राई र अशोकले भित्री रुपमा अर्को ग्रयाण्ड डिजाइन बुनेका थिए तर रोज राणाको अगाडी
ती डिजाईनले काम गर्न सकेनन् ।

