एकीकृत नेकपा माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईले 'उमा' फिल्म हेर्ने चासो देखाएका छन् । मे दिवसको अवसर पारेर उनले ट्विटरमा ट्विट गर्दै रियालिस्टिक फिल्मले समाज परिवर्तनमा अहम भुमिका खेल्ने भन्दै उमा पनि रियालिस्ट्क फिल्म भएकाले हेर्ने चासो देखाएको उल्लेख गरेका छन् ।
पछिल्लो समय नेपाली फिल्म प्रति नेता, साहित्यकार, व्यवसायि, कुटनीतिज्ञ लगायतले निकै चासो देखाएका छन् । त्यसमा पनि फुर्सदको समय निकालेर नेताहरूले फिल्म प्रति बिशेष रूची देखाउन थालेका छन् । बिशेषत: नेताहरूले आफ्नो पार्टि समर्थित फिल्ममा चासो बढि देखाएका हुन्छन् । यसबाहेक पनि सामाजिक संदेश दिने फिल्ममा पनि उनीहरूको चासो रहेको पाईएको छ ।
फिल्म कत्तिको रियालिस्टिक छ त्यो हेरेपश्चात नै दर्शकले थाहा पाउनेछन् तर बाबुरामले आफ्नो फिल्म हेर्ने इच्छा व्यक्त गर्दा निर्देशक छिरिङ रितार शेर्पा खुसी छन् । माओवादी द्धन्दकालमा एक परिवारले भोग्नु परेको पिडामा आधारित रहेर वैचारिक मतभेदका आधारमा विछोडिन पुगेका दुई दाजुबहिनीको सम्बन्ध वरिपरि घुमाएर निर्माण गरिएको फिल्म 'उमा' आफ्नो पार्टीको बिषयमा बनेकाले पनि बाबुरामले हेर्न चासो देखाएको हुनसक्छ ।

फिल्म 'उमा' मार्फत नेपालका विगत र वर्तमान राजनीतिक घटनाक्रम तथा परिवर्तनले नेपालीको जनजीवनमा पारेको प्रभावलाई उतार्ने प्रयास गरेको निर्देशक छिरिङ रितार शेर्पाले बताए । उनले यो फिल्मलाई द्धन्दबाट पीडित नेपाल र नेपालीको समग्रताको कथा भनेका छन् । मिला प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो फिल्ममा ऋचा शर्मा, सौगात मल्ल, दयाहाङ राई, प्रविण खतिवडा, मिथिला शर्मा, प्रमोद अग्रहरी, पुष्कर गुरुङ, प्रकाश घिमिरे, सुरेश चन्द लगायतको अभिनय हेर्न सकिनेछ । यि फिल्म यहि जेठ १० गतेबाट प्रदर्शनमा आउँदैछ ।

