.jpg)
देशभर फिल्मको प्रोमोसनमा निस्केको फिल्म अन्तरालको टिम पुर्वमा पाएको हौसला र सकारात्मक प्रतिक्रियाबाट उत्साहित भएको छ । फिल्मको प्रोमोसनल टोलिले बुधबार र बिहिबार गरि दुई दिन पुर्वको धरान, दमक लगायतका स्थानमा फिल्मको प्रचार प्रसार गरेको थियो । जेठ ३ गतेबाट देशभर एकसाथ रिलिज हुने क्रममा रहेको फिल्मको पुर्वान्चल दौडाहा एकदमै राम्रो भएको फिल्म निर्देशक दिपा बस्नेतले बताईन् ।
.jpg)
फिल्मको प्रोमोशनल टोलिले बुधबार धरानका मुख्य ३ कलेज पुगेर त्यहाँ अध्यनरत बिद्यार्थी माझ फिल्मको जानकारी गराउदै अन्तरक्रिया समेत गरेको थियो । टोलिमा निर्देशक दिपा बस्नेत, कलाकारहरु मानव सुबेदी, नम्रता सापकोटा, अशिस्मा नकर्मी, निर्माता जीवन बस्नेत रहेका थिए । धरानको धरान मोडेल कलेज, सगरमाथा कलेज र त्रिभुवन बिश्व विद्यालय अन्तर्गतको केन्द्रिय प्रविधि क्याम्पसमा पुगेर फिल्मको टोलिले बिद्यार्थीसंग फिल्म बारे जानकारी गराएका थिए ।

कार्यक्रममा फिल्मको बारेमा कलाकार निर्देशकले आफ्नो विचार राख्नुका साथै फिल्म बारे प्रश्न सोधेर उपहार समेत बाडिएको थियो । कार्यक्रममा नायक मानव सुबेदीले फिल्मको गीत सुनाएर मनोरंजन समेत प्रदान गरेका थिए । पर्दामा नआउदै धरानका विद्यार्थीले कलाकारहरुलाइ सकारात्मक प्रतिक्रिया दिएका थिए । तेसो त नायक मानव सुबेदी सम्पूर्ण विद्यार्थीको अगाडी फोटो खिच्न घेरिन पुगेका थिए ।

यस्तै फिल्मको सफलताको कामना गर्दै फिल्मको टिमले नेपालभर प्रसिद्ध रहेको बुढासुब्बा मन्दिर र दन्तकाली मन्दिरमा फिल्मको पोस्टर र प्रचार प्रसार सामग्री राखेर पुजा समेत गरेको थियो । फिल्म रिलिज हुने धरान, बिराटचोक, बिर्तामोड, दमक लगायतका हलमा समेत पुगेर फिल्मको क्यालेन्डर र ब्यानर राखेर बेग्लै किसिमको प्रचार समेत गरिएको थियो ।
.jpg)
त्यस्तै फिल्मको बिहिबार दमकमा प्रेस मिटको आयोजना गरिएको थियो । सो कार्यक्रममा स्थानीय पत्रकारले सोधेको विभिन्न प्रश्नको जवाफ फिल्मको टिमले दिएको थियो । महोत्तरी र हेटौडामा यस्तै प्रकृतिको कार्यक्रम गर्दै टोलि शुक्रबार काठमाडौँ फर्कने छ ।


