झण्डै एक करोड लगानी लागेको राजेश घतानीको फिल्म वितेका पल सेन्सर बोर्डबाट मुक्त भएको छ । स–सना ईश्यूका कारण सेन्सर झमेलामा परिरहेका फिल्मकर्मीहरु झै यो फिल्मका प्रोड्यूसर पनि फिल्म देखाउनु अघि नै सेन्सरको तनावमा परेका थिए यध्यपी फिल्म हेरे पश्चात पोजेटिभ रेस्पोन्स आएपछि उनी दङ्ग छन् ।
'फिल्म देखाउनु अघि उहाँहरुले विभिन्न कुरा गरेर अलि टेनसन दिनु भएको थियो तर पछि पोजेटिम रेस्पोन्स दिनुभयो,' सेन्सर बोर्ड कर्मचारी लक्षित गरी उनले भनेका छन् । फिल्मले यूनिभर्सल सर्टिफिकेट पाएका कारण चाडै नै रिलिज डेट घोषणा गर्ने उनको तयारी पनि छ । यध्यपी सो तयारी अघि अमेरिका रिलिज डेट फाईनल गर्ने उनी बताउछन् । यस्तै यो फिल्म सुटिङ भएको एरिया दार्जीलिङमा पनि विशेष शो गर्ने र त्यहि आशापासको क्षेत्र सिक्किम लगायतका अन्य स्थानमा रिलिज गरेर मात्र नेपाल रिलाज गर्ने प्रोड्यूसरको भनाई छ ।
बाटो मुनिको फुल डेब्यू प्रोडयूसर घतानीले यो फिल्मलाई पनि सुरज सुब्बा नाल्बो मार्फत निर्देशन गराएका हुन् । गोर्खाल्याण्ड आन्दोलनका नेता विमल गुरुङका छोरा अविनाशले बाबु बोगटी र केकीको साथमा डेब्यू गर्दै वितेका पललाई लिड गरेका छन् ।
Download Biteka Pal Song : Jaba sanjha parcha

