आठ महिना लामो लिभिङ टुगेदरको अभ्यासले अन्तत: निरन शाहीसँग बिहे नगर्ने मनस्तिथी बनाउदै शुष्मा कार्कीले उक्त सम्बन्ध तोडेकी छिन् । उनले तीन दिन देखि निरनलाई छाडी आफ्नी आमाको साथमा नयाँ लाईफ पनि सुरु गरिसकेकी छिन् ।
'अब ऊसँगको सम्बन्ध अघि बढ्ला जस्तो लागेन त्यसकारण म अलग्गिएको हुँ र अहिले म तीन दिन देखि मामुसँग छु,' भाबुक र पिडित स्वरमा फिल्मीखबरसंग एक्सक्लुसिभ कुरा गर्दै शुष्माले भनेकी छिन् । अनुप्रस्थ ब्याण्डका लिड गिटारिष्ट निरनसंग टाढिएको दिन देखि आफ्नो फेसबुकलाई समेत निरनले चलाईदा तनाव भएको शुष्माको भनाई छ ।
आफू टाढिएपछि निरनले हिजो मात्र लभ यू फरेवर लेख्दै पाँच पोजका पर्सनल फोटोहरु फेसबुकमा पोष्ट गरेको शुष्माको भनाई छ । उनले भनिन्- 'मैले पुरै विश्वास गरेर पासवर्ड पनि उसैलाई दिएको थिएँ तर अब सँगै बस्न नसक्ने बताएपछि उसले मेरो फेसबुकको पासवर्ड नै चेन्ज गरेर चलाईरहेको छ र आफै मन लाग्दी फोटोहरु पोष्ट गरिरहेको छ ।' यो बिषयमा निरनसँगको सम्पर्क प्रयास असफल भएको छ ।
डाईरेक्टर सुदर्शन थापासंगको पाँच बर्ष लामो अफएर ब्रेक अप भएपछि शुष्माको निरनसँग लभ परेको थियो र पछिल्लो ८ महिना देखि उनीहरु सातदोबाटो स्थित नख्खु भन्ने स्थानमा बस्दै आएका थिए ।


