Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 2.00/5.00)
Text size:-
+
-

आर्यन र सपना मिलाउने मुख्य सुत्राधार विशाल सापकोटा !

अनुप भट्टराई, काठमाण्डौ, 2013/05/01

प्रोडक्सन कन्ट्रोलर गणेश सापकोटाका छोरा विशाल सापकोटा हाल नेपाल बाहिर छन् तर नेपाल भएको समयमा आर्यनको लभ अफएर सपनासंग सुरु गराईदिने प्रमुख ब्यक्ति उनी  रहेको स्रोतले बताउँछ। श्रोत अनुसार विशाल नभएको भए आर्यन र सपना यसरी नजिकिदैनन थिए होला ।

 

फिल्मीखबरको सम्पर्कमा आएका विशाल भने यो कुरामा असहमत छन् । यि दुईको रिलेशनशिपमा आफू कहिंकतै टच नभएको उनी बताउँछन् । 'आर्यनको बारेमा जे लेख्नुस् तर यि दुईको सम्बन्धको बिचमा मेरो नामलाई नजोड्नुस्,' विशालले भने ।



केकी अधिकारी र बेनिशा हमालसंग संगै काम गरेको महसुस फिल्मको ट्रेलर एवं भिडियो म्यूजिक लन्च लागि राखिएको प्रेसमिट जस्तो महत्पूर्ण कार्यक्रमलाई वेवास्ता गर्दै ढिला गरी उक्त प्रेस मिटमा आर्यन सपनासंगै रोमान्स गर्दै आएपछि उनीहरुको अफएयर प्रसंग फिल्मीखबरले उठाएको हो ।

 


विगत केही बर्षदेखि नजिकिएका उनीहरु चाडै नै बिहे गर्ने मुडमा रहेको श्रोतको दाबी छ । जोरपाटी बस्ने सपना र आर्यनको उमेर अन्तर झण्डै दश बर्ष छ । कुनै समय नेपाल विमा संस्थानमा प्रशिक्षार्थी भएर समेत काम गरेकी सपना र आर्यनले डिजाईन अनुरुप मिडियामा आउने निर्णय गरेका हुन् । जसअनुरुप आज भूवन केसी स्टाईलमा सपनालाई अफिशियल रिभिल गरेका हुन आर्यनले ।

 

 

यति सम्मकी आर्यनले सपनाको अंग्रेजीबाट उठ्ने नामको पहिला अल्फावेट 'एस' समेत आफ्नो हातमा लेख्न भ्याएका छन् । उनीहरुको अफएरको डिटेल स्टोरी फिल्मीखबरले क्रमश प्रकाशित गर्दै जानेछ ।

 

समयलाई नियन्त्रण गर्न खोज्दा हारभन्दा केही हात नलाग्ने र आफुबाट भुल भएको महशुस हुने बिषयलाई मुख्य थिम बनाएर निर्माण गरिएको फिल्म 'महसुस'मा आर्यन केकी अधिकारी र बेनिशा हमालसँग अनस्क्रिन रोमान्समा प्रस्तुत भएका छन् । कल्याण घिमिरेको निर्माणमा नवल नेपालले निर्देशन गरेको यो फिल्ममा दिव्यराज सुवेदीको छायांकन, बद्री लामिछानेको सम्पादन तथा सुरेश अधिकारीको संगीत रहेको छ ।