Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मेघा बजेटको काठमाण्डू आजबाट अनलाईनमा फ्रि

फिल्मीखबर, काठमाण्डौ, 2013/04/28

द् स्काई मुभिजको प्रोडक्सनमा बनेको मेघा बजेटको  फिल्म काठमाण्डू लाई आजबाट अनलाईनमा फ्रिमा  हेर्न पाईने ब्यवस्था गरिएको  छ ।

 

स्काई मुभिजका चेयरम्यान एवं सो फिल्मको डिरेक्टर आकाश अधिकारीका अनुसार फिल्मको क्वालिटी कति हुनु पर्दछ भन्ने उदाहरणका लागि टेष्ट पिक्चर्सको रुपमा बनाईएको यो फिल्म सवै तिर रिलिज गरिसकिएकाले आजबाट अनलाईन दर्शकका लागि फ्रिमा हेर्ने ब्यवस्था गरिएको हो । सवा करोडको लगानीमा बनेको  काठमाण्डू हेर्नका लागि स्काई मुभिजको अफिशियल वेब पेज www.theskymovies.com लग ईन गर्नुपर्ने हुन्छ  ।

 
स्काई मुभिजको वेब पेज नेपालमा पहिलो पटक अनलाईन पेईङ स्टिमबाट फिल्म हेर्ने ब्यवस्था गरिएको पेज हो । यो साईटको ईतिहास पनि छुट्टै छ । नेपालको फिल्मी बजारलाई ईन्टरन्याश्नल मार्केटसम्म टच गराउन  २०५९ सालमा यो साईट निर्माण भएको थियो जुन साईट प्रोडक्सन हाउसले निर्माण गरेको हकमा नेपालकै पहिलो वेब पेज भन्दा फरक पर्दैन । 
 
प्रविधिको हिसावमा नेपालमा पहिलो पटक रेड सिने फोर के क्यामेराले खिचिएको काठमाण्डू फिल्म अर्को ईतिहास हो । रेड क्यामेरा भित्राएर एउटा ईतिहास रचेका आकाशको सपना अनुरुप आज हरेक प्रोडक्सन हाउसको पहिलो रोजाईमा फोर के क्यामेरा पर्न थालेको छ । रेड भित्रिएसंगै दुई बर्ष टुके क्यामेराको बजार थियो तर आज टुकेको बजार करिब  शून्यको स्थितीमा छ भने रेडको डिमान्ड उच्च छ । 
 
डेढ बर्षअघि रिलिज भएको यो फिल्म वेन नविन अधिकारीसंगको जोईन्ड प्रोडक्सनका आकाशले निर्माण गरेका हुन् ।