छैठौं अध्यक्षको रुपमा निर्वाचित भएका दिनेश डिसीले निर्देशकहरुको हक अधिकारको पक्षमा वकालत गर्ने भन्दै भावी कार्यक्रमको रुपमा सार्वजनिक घोषणापत्रलाई चाडो भन्दा चाडो लागु गरि छाड्ने दाबी गरेका छन् ।
२१ बर्षे फिल्म एवं मिडिया क्षेत्रको अनुभव र पब्लिक रिलेशनको आधारमा सार्वजनिक आफ्नो योजनलाई कार्यान्वयनमा चाडो भन्दा चाडो ल्याउने डिसीको तर्क छ । नरेश पौडेललाई १६ मतले हराउदै बिजयी भएका डिसीको पाँच शिर्षकमा तय गरिएको भावी योजना यस्तो छ ।

१. निर्देशकका लागि
क) सिर्जनात्मक क्षमता अभिबृद्धिका लागि अध्ययन, तालिम, नयाँ प्रविधिको ज्ञान र पुनर्ताजगी अभियान संचालन गर्दै विदेशी निर्देशकहरुसँग Exchange Visit को लागि पहल गर्ने ।
ख) चलचित्र निर्देशकको बौद्धिक सम्पतिको सम्मान गर्दै निर्माताको अनुमानित लागत उठान पछिको व्यापारमा प्रति टिकट रोयल्टी, टेलिभिजन राइट, डिभिडी राइट र Foreign territory right समेतबाट निर्देशकलाइ रोयल्टीको लागि जुझारु पहल गर्ने ।
ग) निर्देशकको मनोबल एवम् समाजको Fund Raise का लागि वार्षिक रुपमा निर्देशकबीचको भब्य Film Director’s Guild Award गर्ने ।
घ) निर्देशक र उसको परिचय–पत्रलाई सम्मानजनक अवस्थामा पुर्याएर सामरिक महत्वको ठाउँमा प्रवेशका लागि सहज, सवारी साधन पार्किङ निःशुल्क, हवाई यात्रा र स्वास्थ्य सेवामा विशेष छुटका लागि पहल गर्ने ।
२. निर्देशक समाजलाई /मा.../ को...
क) आर्थिक संकट नै सिर्जना र विकासको बाधक भएकोले समाजको Fund Raise का लागि राष्ट्रिय, अन्तर्रास्ट्रिय र दातृ संस्थाहरुसँग मिलेर विभिन्न कार्यक्रम गर्ने ।
ख) समाजलाई आर्थिक रुपले सबल बनाइसकेपछि आत्मनिर्भर बनाउन कसरत गर्ने ।
ग) समाजको आफ्नै स्वामित्वको जमिन प्राप्ति र भवन निर्माणको लागि पहल गरिनेछ ।
घ) समाजका यस अघिका राम्रा कामलाई निरन्तरता दिँदै विधानमा उल्लेखित उद्देश्यहरु पूरा गर्नेतर्फ पहल गर्ने ।
३. राष्ट्रिय जगतमा
क) नेपाली सिनेमा संस्कृतिको बिषयमा स्थानीय तहका जनता, सरकारी र गैर सरकारी निकायमा बहस चलाउने ।
ख) फिल्म फेस्टिवल र वर्कशपको आयोजना गर्ने ।
४. चलचित्र क्षेत्रमा
क) चलचित्र क्षेत्रका अन्य संघ संस्था र सरकारी निकायसँग समन्वय गरी सिनेमा सहकारीको अवधारणा ल्याएर निर्देशकका उत्कृस्ट सिर्जनामा लगानी जुटाउने वा विविध कारणले निर्माण अवधिमा रोकिएका निर्देशकको सिनेमा पूरा गराएर हलसम्म पुर्याउन पहल गर्ने ।
ख) चलचित्र क्षेत्रका अन्य संघ संस्था र सरकारी निकायसँग समन्वय गरी चलचित्र प्रविधि, स्टुडियो र हलको अनुगमनमा समाजको प्रत्यक्ष संलग्नता जनाउने ।
ग) विकाश बोर्ड अनि सेन्सर बोर्ड लगायत र जस्ता अन्य निकायहरुमा निर्देशक समाजको उपस्थितिलाई अनिवार्य गराउने ।
घ) सरकारसँग अन्तर्रास्ट्रिय मान्यता अनुरुपको सिनेमा हलको वैज्ञानिक वर्गीकरण र बक्स अफिस प्रणाली स्थापना एवम् लागुको लागि पहल गर्ने ।
५. अन्र्तराष्ट्रिय जगतमा
क) नेपाल सरकार पररास्ट्र मन्त्रालयसँग समन्वय गरि विदेशमा रहेका नेपाली एम्बेसीका सांस्कृतिक विभाग मार्फत नेपाली फिल्मलाई त्यहाँ रहेका नेपाली माझ सहज सिनेमा प्रदर्शनका लागि सबल पहल गर्ने ।
ख) नेपालमा रहेका विदेशका एम्बेसीको सांस्कृतिक विभाग मार्फत नेपालमा विदेशी र विदेशमा नेपाली फिल्म फेस्टिवलको आयोजनाको लागि सार्थक पहल गर्ने ।
ग) अन्तराष्ट्रिय Film Directors Guild & Association संग हातेमालो गर्ने ।
घ) विदेशका सिद्धहस्त र ख्यातिप्राप्त निर्देशकलाई यस समाजको मानार्थ सदस्यता प्रदान गर्दै तिनलाई नेपाली चलचित्रको सदभावना दुतको रुपमा राख्ने ।

