नरेश पौडेलसंगको तीब्र प्रतिष्पर्धामा दिनेश डिसीले चौध प्रतिशत मतान्तर ल्याउदै चलचित्र निर्देशक समाजको अध्यक्ष पदमा बिजय हासिल गरेका छन् । कुल १ सय ३७ सदस्यबाट १ सय २४ मत खसेको थियो । खसेको मत मध्ये २ मत बदर भएको थियो । यस्तै सदर १ सय २२ मत मध्येबाट डिसीले ६९ मत ल्याएका छन् ।
.jpg)
यस्तै दुई उपाध्यक्ष पदका लागि भएको चार जनाको भिडन्तमा राजु केसीले ८० र सुचित्रा श्रेष्ठले ६८ मत ल्याउदै उक्त पदमा आफ्नो कब्जा जमाएका छन् । सुचित्रा र राजु पनि डिसी प्यानलकै हुन् । यो पदमा राकेश मानन्धर र प्रमोद ढुङ्गानाको पनि उम्मेदवारी थियो । प्रमोदले ४४ मत ल्याएका थिए भने राकेशले २८ मत ल्याएका थिए ।
यसैगरी निर्वाचनमा सचिव, कोषाध्यक्ष, तथा सह–कोषाध्यक्ष सहित अन्य सात साधारण सदस्य निर्विरोध चयन भएका छन् । निर्विरोध हुनेमा क्रमश सचिवमा श्याम भट्टराई छन् भने कोषाध्यक्षमा सुमन दाहाल छन् । यसैगरी सह–कोषाध्यक्षमा गोपाल चन्द्र लामिछाने छन् । अन्य सदस्यहरुमा चाहि योगेश घिमिरे, आरबी के. शरद खत्री, शेखर खनाल, गोकुल कुमार राई, राजु गिरीको निर्विरोध चयन भएका छन् त्यस मध्ये चिफ असिस्टेन्ट अन्र्तगतको दुई सदस्य कोटामा महेश प्रसाद ढुङगेल र दुर्गा नेम्वाङ पनि निर्विरोध भएका छन् ।



