.jpg)
चलचित्र निर्देशक समाजको नयाँ कार्यसमितिका लागि सचिव, कोषाध्यक्ष र सह–कोषाध्यक्ष पद सहित सात साधारण सदस्य पनि निर्विरोध भएको छ । सचिव पदमा फिल्मीखबरको पूर्व समाचार अनुरुप श्याम भट्टराई निर्विरोध बिजयी भएका छन् भने कोषाध्यक्षमा सुमन दाहाललाई ल्याईएको छ । यसैगरी सह–कोषाध्यक्षमा गोपालचन्द्र लामिछाने तानिएका छन् । सात साधारण सदस्यहरुमा चाहि योगेश घिमिरे, आरबी के शरद खत्री, शेखर खनाल, गोकुल कुमार राई, राजु गिरीको निर्विरोध चयन भएका छन् त्यस मध्ये चिफ असिस्टेन्ट अन्र्तगतको दुई सदस्य कोटामा महेश प्रसाद ढुङगेल र दुर्गा नेम्वाङ पनि निर्विरोध भएका हुन् ।
निर्वाचन सवा एक बजे देखि समाजको कार्यालय डिल्लीबजारमा सुरु भएको छ । निर्वाचनमा १ सय ३७ जनाले मतदान गर्नेछन् । छैठो अध्यक्ष चयनका लागि भएको यो निर्वाचनमा अध्यक्षपदका लागि दिनेश डिसी र नरेश पौडेलको तीब्र प्रतिष्पर्धा छ भने महासचिवमा एम.एस अग्रज र ऋषि लामिछानेको भिडन्त छ । यसैगरी दुई उपाध्यक्षका लागि प्रमोद भण्डारी, राजु केसी, सुचित्रा श्रेष्ठ र राकेश मानन्धरको प्रतिष्पर्धा छ ।

