रोजगार सम्बन्धी वेबसाईट क्यारियर काष्टले शुक्रबार राति सार्वजनिक गरेको रिपोर्टमा संसारकै पाँच झुर जागिर अन्र्तगत कलाकारिता परेको छ । शारिरीक श्रम, आम्दानी, तनाव, काम गर्ने वातावरण र जागिरको सम्भावनालाई आधार मानेर गरिएको सर्वेक्षणबाट क्यारियर काष्टले कलाकारितालाई संसारकै पाँच झुर जागिर अन्र्तगत राखेको हो ।
उक्त वेबसाईटले २ सय जागिर मध्ये १ सय ९७औ स्थानमा कलाकारको पेशालाई उल्लेख गरेको छ । सार्वजनिक रिपोर्टको सवैभन्दा झुर जागिर चाहि पत्रकारको जागिर भनी लेखिएको छ । पत्रकारको जागिर सवैभन्दा लाष्ट दुई सय नम्बरमा छ । वेभसाईटको रिपोर्टमा सर्वाधिक पाँच झुर जागिर अन्र्तगत त्रमश पत्रकारिता, रुख काट्ने दाउरेको काम, कलाकारिता, आयल निगमको पाईपलाईनमा गरिने काम र आर्मीको काम रहेको उल्लेख छ ।
सार्वजनिक रिपोर्टमा फिल्म भिडियो एडिटर १ सय ३८औ स्थानमा छ भने कोरियोग्राफर १ सय ४२औँ स्थानमा । यसैगरी लेखकको जागिर १ सय ५६ औँ स्थानमा परेको छ भने फेसन डिजाईनरको जागिर १ सय ८२औँ स्थानमा छ । उक्त रिपोर्टमा फोटोग्राफर १ सय ७२औँ स्थानमा छ भने फोटो पत्रकार चाहि १ सय ८८ औँ स्थानमा ।
यस्तै टेलिभिजन तथा रेडियो प्रशारक टेक्निसियन १ सय २८ औँ स्थानमा परेका छन् भने फिटनेश ट्रेनर १सय ६ औँ स्थानमा छन् । यसैगरी चित्रकार १ सय ४८औँ स्थानमा रहेको रिपोर्ट छ । उक्त रिपोर्टले अरुको जोखिमको पूर्वानुमान गर्ने जागिरलाई सवैभन्दा उत्तम जागिर भन्दै एक नम्बरमा राखेको छ ।

