आज शुक्रबारबाट दुई फिल्म 'मेरो मनको साथी' र 'हिम्मत २' प्रदर्शनमा आएका छन् । यि दुई मध्ये देशभर एकसाथ रिलिज हुने मेरो मनको साथी फ्रेस फिल्म हो भने हिम्मत २ मोफसलमा दुई बर्ष अगाडी नै रिलिज भईसकेको फिल्म हो ।
राजेश शाहीको निर्माणमा प्रदीप श्रेष्ठले निर्देशन गरेको फिल्म 'मेरो मनको साथी' मसलेदार फिल्म हो । मायाप्रेमको साथमा फिल्ममा दर्शकलाई चाहिने द्धन्द र सुमधुर गीत छन् । यो फिल्ममा राजेश हमाल, जीवन लुईटेल, आयुष रिजाल, सुनिलदत्त पाण्डे, मिथिला शर्मा तथा नवप्रस्तुतीको रूपमा जस्मिन श्रेष्ठले अभिनय गरेका छन् ।
क्यू सिस्टमबाट राजधानिका मुख्य-मुख्य हलमा रिलिज हुन लागेको फिल्म 'हिम्मत २' पनि फर्मुला फिल्म हो । दीपक श्रेष्ठले निर्देशन गरेको यो फिल्ममा बिराज भट्ट र युना उप्रेतीको मुख्य भुमिका रहेको छ ।

