Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 5.00/5.00)
Text size:-
+
-

रिङरोड भित्रका प्रशान्त

रमेश अधिकारी, नेपालगञ्ज, 2013/04/26

०६९ सालको समाप्ति संगै नेपाली फिल्म क्षेत्रमा थुपै नयाँ अनुहार उदाय, कोही चम्किदै छन् भने कोही अस्ताए । यस्तै ०७० सालको सुरुवातसंगै थुपै नयाँ क्षमतावान कलाकारहरु फिल्म क्षेत्रमा प्रवेश गर्दै छन् । यिनै नयाँ क्षमतावान र प्रतिभावान कलाकार मध्ये एक हुन् प्रशान्त केसी ।
 
बैशाख २७ गतेबाट प्रर्दशनमा आउन लागेको फिल्म रिङरोडमा प्रशान्त केसी संगै सुरज आरडी, उषा खरेल, जिया केसी, बसन्त राजको अभिनय रहेको छ । बिजय कुमार दलिले निर्माण गरेको रिङरोडलाई सुरज आरडीले निर्देशन गरेका हुन् । फिल्मको प्रचार प्रसारको क्रममा गृह जिल्ला नेपालगंज आईपुगेका नायक प्रशान्त केसीले यस फिल्ममा धन नहुने तर लक्ष्य ठुलो लिएका युवाहरुको कथालाई प्रस्तुत गरेको बताए ।

सानै देखी कलाकार बन्ने सपना बोकेका प्रशान्तको स्थानीय रेडियो कृष्णसार एफएममा सफल संचारकर्मी तथा एमपि स्कुलमा शिक्षकका रुपमा कार्यरत रहँदा रहँदै ०६८ सालमा टिभी फिल्मीले संचालन गरेको रियालिटी शो “को बन्छ कलाकार”मा प्रथम भएपछी फिल्ममा अभिनयको ढोका खुलेको हो ।


रिङरोडमा अभिनय गरेपछी दिपेन्द्र के. खनालले निर्देशन गरेको फिल्म झोलेमा पनि अभिनय गरेका प्रशान्तले दयाहृयाङ राई र प्रियंका कार्कीसंग काम गर्दा धेरै कुरा सिक्न पाएको बताए । आगामी फिल्म मिस्टेकको तयारीमा रहेका प्रशान्तले भोजपुरी फिल्म सडकछाप र आदमीमा समेत अभिनय गरीसकेका छन् ।