Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

खासखास खुसखुस... जोईपोईको सल्लाह भो...(भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2013/04/25

नपत्याउँदो तरिकाले जेठ तीन गते रिलिज हुन लागेको फिल्म 'अन्तराल'ले चर्चा पाईरहेको छ । टिम नयाँ भएपनि फिल्मले प्रस्तुत गरेको कन्टेन्टले दर्शकको ध्यान खिचेको देखिएको छ । यहि क्रमलाई निरन्तरता दिन फिल्म निर्माण युनिटले अर्को गीत पनि रिलिज गरेको छ । प्रस्तुत गीतले पनि दर्शकको ध्यान तान्ने निर्माण युनिटको विश्वास छ ।

 

सार्वजनिक गीत 'खासखास खुसखुस कुराकानी...'मा शशिविक्रम थापाको संगीत तथा दीपा बस्नेतको शब्द रहेको छ भने मानव सुवेदीले स्वर दिएका छन् । गायकसँगै नायक बनेका मानव फिल्म भित्र पनि गायक बन्ने सपना बुनेको युवाको भुमिकामा छन् । यस्तै उनलाई सहकर्मीको रूपमा कमलमणी नेपाल, घनुभाइ जोशी र लोकेन्द्र लेखकले साथ दिएका छन् । तर, यि पात्रको सपना भने फरक-फरक छ फिल्ममा ।

 

थुप्रै सपना बोकेर फरक समुदायबाट फरक उद्देश्य बोकी शहर पसेका युवाहरूको संघर्षको कथालाई मुख्य बिषय बनाएको फिल्म 'अन्तराल'लाई दीपा बस्नेतले निर्देशन गरेकी हुन् । जीन्दगी दौड हो, यो दौडमा हिम्मत नहारि दौडिरहने व्यक्ति एक दिन अवश्य सफल हुन्छ भन्ने कुरालाई प्रस्ट्याउन खोजिएको यो फिल्ममा राजकुमार पुडासैनी, अशिष्मा नकर्मी, नम्रता सापकोटा, उज्जवल शर्मा भण्डारी, अमितेश शाह र जेशिका बोगटीको साथमा पूर्व मिस नेपाल रूवी राणाको पनि अभिनय रहेको छ ।

 

जीवनसाथी फिल्मसको व्यानरमा बि.बि. बस्नेत र डा. लक्ष्मीकान्त पाण्डेको निर्माण रहेको अन्तरालमा शिवराम श्रेष्ठको छायांकन तथा अभिमन्यू निरवीको लेखन रहेको यो फिल्ममा असिम चित्रकार र वुद्धरत्न महर्जनको सम्पादन एवं ग्राफिक्स रहेको छ । यो फिल्मलाई नरेन्द्र महर्जनले वितरण गर्दैछन् ।