सरकारको नजरमा प्रत्यक्ष परेका चर्चित डन गणेश लामाको निकटतामा जीवन लुईटेल पनि नजिक रहेको रहस्य बाहिरिएको छ । उनीहरु विगत साढे दुई बर्ष देखि नजिएको स्वयम गणेशले रहस्योद्घाटन गरेका छन् । 'कलाकार समेत रहनु भएका होटल ब्यावसायी ध्रुव न्यौपानेको कारण जीवनजीसँग साढे दुई बर्षअघि चिनजान भएको हो,' पर्सी शुक्रबार देखि रिलिज हुन लागेको फिल्म 'मेरो मनको साथी'को चाबहिल स्थित एफक्यूव थिएटरमा आएका प्रिमियर शोमा आईपुगेका गणेशले फिल्मीखबरसँगको कुराकानीमा यो रहस्य खोलेका हुन् ।
जीवनले आफ्नो पर्सनल ईन्भाईटमा लामालाई प्रिमियर शोका लागि बोलाएका थिए । प्रिमियर शोमा पुग्नु अघि यि दुई फुटकोर्टमा सँगै बसेर कफि पिए पनि मिडियाले यो निकटताको बारेमा चाल पाउने डरले उनीहरुले थिएटर प्रवेश गेटमा बनाटी हात मिलाई गरेका थिए । लामा आफ्ना सहयोगीका साथ फिल्म हेर्न आएका थिए । फिल्म भित्र राजेश हमालको क्यारेक्टर आफूमा रहेको आभाष पाएपछि लामाले पुरै फिल्म हेरेका थिए । यस अघि उनी कहिलै पनि कुनै पनि फिल्मको प्रिमियर शोमा सहभागी हुने गरेका थिएनन् । तर ०६८ फाल्गुन १९ गते आर्मी अफिसर्स क्लव सुन्धारामा भएको लुट फिल्मको एकाउन्न दिने कार्यक्रममा उनी पुगेका थिए ।
यसरी डनको रुपमा चिनिनु भएको छ कतै तपाईको ईन्ट्रेष्ट फिल्म मेकिङमा त हैन ? भन्ने फिल्मीखबरको प्रश्नमा लामाले फिल्म निर्माणमा तत्काल सोच नरहेको तर्क गर्दै भविष्यमा यस बिषयमा सोच्न सकिने प्रतिक्रिया दिए । अहिलेको अवस्थामा एक नम्बरमा गनिन थालेका जीवनले यस अघि रिदम फिल्मको स्पेशल शोमा पनि अर्का डन पर्शुराम र महेश बस्नेतलाई आफ्नो फिल्म हेर्न निम्ता दिदा ठूलो हंगामा भएका थियो ।
बिजय कुमार गच्छदारको पार्टी मधेशी जनाधिकार फोरम लोकतान्त्रिक पक्षधर गणेश लामा हुन् भने एमाले पक्षधर महेश र पर्शुराम हुन् । यध्यपी पार्टी फरक-फरक भएपनि पर्शुराम, महेश र गणेश लामाको एक अर्काप्रति सफ्ट कर्नर रहेको बुझिएको छ । प्रिमियर माहोलमा जीवनले यसरी डनहरुलाई आफ्ना कार्यक्रममा निम्ता किन दिने थाले भन्ने बिषयमा कानेखुशी भएका थिए । प्रदीप श्रेष्ठको निर्देशनमा तयार मेरो मनको साथीमा जीवन सहित, आयुष रिजाल तथा राजेश हमालको साथमा नयाँ हिरोईन जस्मिन श्रेष्ठ लिड रोलमा छन् ।
.jpg)
.jpg)
.jpg)
.jpg)

.jpg)

