नोटबुक रिलिजबाट पाएको सफलतालाई मध्यनजर गर्दै नोटबुक टिमले आउदो भदौ भित्रमा नयाँ फिल्म निर्माणका लागि फ्लोर जोईन गर्ने घोषणा गरेको छ ।
सोमबार सक्सेस पार्टी मनाउदै गर्दा निर्देशक योगेश घिमिरे र प्रोड्यूसर प्रज्ञा जोशीले छिटोमा आउने भदौ र ढिलामा दशै लगत्तै नयाँ फिल्म निर्माण गर्ने बताएका हुन् । 'यो पटक मैले केही नयाँ प्रयोगको प्रयास गरे त्यसकारण आउने फिल्ममा थप मिहिनेत देख्नुहुनेछ,' निर्देशक घिमिरेको भनाई छ ।
प्रज्ञाले फिल्म निर्माणको निरन्तरतालाई यो बर्ष पनि जारी राख्ने भन्दै तुरुन्त फ्लोर जोईन गर्ने बताएकी छिन् । यो पटक कथा आफ्नो भएपनि आउदो फिल्ममा आफैले स्क्रिप्ट समेत तयार गर्ने सोच पलाएको योगेशको भनाई छ । सम्भवत उनी लभस्टोरी जेनरकै फिल्मलाई स्क्रिप्टमा उतार्ने छन् । आउने फिल्ममा नोटबुकै सम्पूर्ण काष्ट एण्ड क्रु दोहोरिने सम्भावना पनि रहेको बताईएको छ ।
गितकै कारण चर्चा पाएको र सोही अनुरुप अहिलेको परिस्थितीमा आफूलाई सेफ गराएको नोटबुक र हमेशाको बिजनेस करिब उस्तै–उस्तै रहेको बुझिएको । यध्यपी हमेशा टिमले नोटबुक भन्दा आफ्नो बिजनेस माथि रहेको दाबी गरेको छ ।

