Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

पहिलो मिस नेपालले फिल्म निर्देशन गर्ने !

फिल्मीखबर, काठमाण्डौ, 2013/04/23

नेपालको पहिलो मिस नेपाल रूवी राणाले फिल्म निर्देशन गर्ने योजना बनाएकी छिन् । फिल्मीखबरसँगको भेटमा रुवीले आफ्नो भावी योजना फिल्म मेकिङ रहेको बताईन् । 'अहिले फिल्म क्षेत्रमा बामे सर्दैछु । केहि सिक्छु अनि फिल्म मेकिङमा आउँछु,' रूवीले भनिन्- 'यसमा मेरो परिवारले पनि साथ दिने भएको छ ।'

 

मिस नेपाल भएपछि भुतुक्कै भएँ नि र अनमोल फिल्ममा अभिनय गरेपश्चात हराएकी रुवी लामो समयको अन्तराल पश्चात 'अन्तराल' फिल्म मार्फत कमव्याक भएकी छिन् । उनले अभिनय गरेको 'अन्तराल' फिल्म यहि जेठ ३ गते रिलिज हुँदैछ भने फिल्म क्षेत्रमा लाग्ने चाहनालाई आधि बाटोमै रोकेकी रूवीले सबिर श्रेष्ठले निर्देशन गरेको 'आधि बाटो' नामक फिल्ममा पनि अभिनय गरेकी छुन् जसको अहिले पोष्टप्रोड्क्सनको काम भईरहेको छ ।

 

रुवी आफू मात्र हैन सँगसँगै छोरी प्रसिद्धीलाई पनि फिल्ममा ल्याउने उनको सोच छ । 'मैले सोचेर मात्र त हुँदैन तर उसले इच्छा देखाई भने मेरै फिल्म मार्फत उसलाई इन्ट्रोड्यूस गराउँछु,' रूवीले भनिन्- 'मैले भनेको नाईं भन्दिन त्यसैले उ फिल्ममा आउने सम्भावना धेरै छ ।' रूवीकी जेठी छोरी अहिले प्रसिद्धी १५ बर्षकी भएकी छिन् भने कान्छि छोरी प्रशंशा ७ बर्षकी छिन् ।

 

 

अफर आएका खण्डमा अभिनयलाई अब निरन्तरता दिने सोच बनाएकी रुवीले बोल्ड क्यारेक्टरलाई अरू भन्दा धेरै न्याय दिन सक्ने बताउँछिन् । 'अब सारी लगाएर हिरोको पछाडी नाच्न त सक्दिन होला तर परि आएको खण्डमा जस्तो पनि भुमिका निर्वाह गर्न सक्छु भन्ने आँट छ,' रूवीले सुनाईन् । उनले 'अन्तराल' फिल्मबाट निकै आश समेत गरेको बताईन् । 'यो फिल्मले मलाई यो क्षेत्रमा लाग्न प्रेरित गरेको हो र मैले राम्रो काम पनि गरेकी छु जस्तो लाग्छ,' रुवीले भनिन्- 'लामो अन्तरालपछिको यो मेरो पहिलो खुड्किलो सफल हुन्छ भन्ने आश गरेकी छु ।'
 

रुवीसँग गरिएको बिशेष अर्न्तवार्ता केहि दिनमा प्रकाशित गरिनेछ । प्रतिक्षा गर्नुहोला !