Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निर्देशक घिमिरे बुटवलमा सम्मानित

सञ्जय सौगात, बुटवल, 2013/04/22

बरिष्ठ निर्देशक तुलसी घिमिरे बुटवलमा सम्मानित भएका छन् । नेपाली फिल्मको माध्यमबाट दलित आन्दोलनमा सघाउ पुर्‍याएको भन्दै घिमिरेलाई भगत सर्वजित स्मृती प्रतिष्ठान बुटवलले सोमबार सम्मानित गरेको हो ।

 

दलित आन्दोलनका अगुवा भगत सर्वजित बिश्वकर्माको स्मतृी प्रतिष्ठानको भवन उदघाटन कार्यक्रमको अवसरमा घिमिरेलाई सम्मान गरिएको हो । निर्देशक घिमिरेलाई पुर्व उप-प्रधानमन्त्री तथा एमाले नेता केपी शर्मा ओलीले खादा तथा सम्मान पत्रले सम्मान गरेका हुन् । सम्मान पछि बोल्दै निर्देशक घिमिरेले सम्मानले आफुलाई सामाजिक विषयवस्तुमा फिल्म निर्माण गर्नको लागि झनै उत्साहित बनाएको  बताए ।