सरकारले फिल्मी क्षेत्रलाई उद्योगको मान्यता नदिएपनि यो पचास बर्षको अवधिमा नेपालमा बार्षिक १ सय बढी फिल्महरु रिलिज हुन थालेका छन् । गत बर्ष ८३ वटा फिल्म रिलिज भएका थिए त्यस मध्ये एक फिल्म ब्लक बष्टर भएको थियो भने एक सुपरहिट र बाँकी तीन फिल्मले लगानी सेभ मात्र गरेको अवस्था थियो ।
यो पटक फ्रेस र रिपिट सहित १ सय १४ वटा फिल्म रिलिज भए । १ सय १४ मध्ये १ सय ३ फिल्म चाहि फ्रेस फिल्म हुन् । यो बर्ष फिल्ममा निर्माणमा लागत कम भएकाले एक फिल्मको सरदर लगानी करिब ३८ लाख देखिन आउँछ । त्यसकारण यो बर्ष फ्रेस फिल्मको लगानीलाई औषतमा निकाल्ने हो भने ३९ करोड १४ लाख हुन आउँछ । यी मध्ये आजबाट रिलिज भएका दुई फिल्म नोटबुक र हमेशाको हिसाव यहाँ उल्लेख छैन ।
३९ करोड मध्येबाट ६ वटा फिल्मले मात्र लगानी सुरक्षित गरेको अवस्था छ । बर्ष ६९मा शायद फिल्म देशब्यापी हिट हुदै नाफा कमायो भयो भने अन्य फिल्महरु मालतीको भट्टी, किन लाग्छ माया र रिदम लागनी सुरक्षित गर्ने फिल्मको रुपमा देखिए । लगानी सुरक्षित तथा नाफाको हकममा पनि दश लाख बढी नाफा सफल भएको फिल्मले हलबाट आर्जन गर्न सकेनन् । यसैगरी लगानी थोरै भएको हकमा विन्दास र अपवाद पनि सफल फिल्ममा गनिन्छ ।
यता मायाज बार र छड्के चाहि तीन दिन सम्मको ईनिसियल कलेक्सन ज्यादा गर्ने फिल्मको रुपमा देखा परे यस बर्ष । यध्यपी रिलिजबाटै पूर्ण लगानी सुरक्षित चाहि गर्न नसकेको अवस्था आयो यी फिल्मलाई । यस बाहेक फिल्मी उद्योगमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा करोडौ लगानी भएको छ यस बर्ष ।
त्यस मध्येका प्रमुख लगानी चाहि चाबहिल चुच्चेपाटीमा खुलेको नयाँ मल्टिप्लेक्स एफक्यूब र हेटौडामा सञ्चालनमा आएको ओ म्याक्स हो । एफक्यूबमा ८ करोड लगानी भएको म्यानेजमेन्ट टिमका एक सदस्य अरुण रिजालको भनाई छ । यस्तै ओ म्याक्समा जमिन बाहेक साढे तीन करोड लगानी भएको सञ्चालक नरेन्द्र महर्जन बताउँछन् ।

