ब्रेकअप : बर्ष ०६९मा ब्रेकअपको खबर सामान्य नै रह्यो । ब्रेकअपको हकमा केही बर्षदेखि गहिरो प्रेममा रहेका ऋचा शर्मा र विनय श्रेष्ठको मायाको बल्छी अकस्मात टुट्यो । भन्नेहरु भन्ने गर्छन् भिसा गर्ल फल्प भएका कारण यो सम्बन्ध टुटेको हो तर सम्बन्ध टुट्नुमा दुवैको आन्तरिक बानी ब्यहोराको नतिजा हो भन्ने गरिन्छ ।
अफएयर : ऋचाले छाडेपछि बिनयले रिमा विश्वकर्मासंग सम्बन्ध अघि बढाएका थिए यध्यपी यो नयाँ यात्रा कतिन्जेल अघि बढ्ने हो त्यो भन्न सकिने आधार छैन । ऋचाको हकमा निश्चल बस्नेतसंग आजकाल उनको दोस्ती जमेको छ । पहिले पहिले विनयको गाडीमा सवार गर्ने ऋचा आजकाल निश्चलको गाडीमा घुम्नुले पनि फिल्मीबजारमा उनीहरु नजिकएको भन्ने ठूलो गसिप छ यध्यपी यो नजिकपना मित्रताको हिसावमा हो वा अन्य त्यो विस्तारै हामी खोल्नेछौ ।
यस्तै अभिनेता भुवन केसी र नायिका जीया केसी बिचको अफएयरको चर्चाले पनि यो बर्ष राम्रै स्थान पायो । अभिनेत्री शुष्मा कार्की र नरेन शाहीको अफएयरको चर्चा पनि यो बर्ष राम्रैसँग चल्यो । अहिले यिनीहरू लिभिङ टुगेदरमा बसेको हल्ला फिल्मी बजारमा चलेको छ ।

डिभोर्स : यो बर्ष निकै चर्चित बनेकी प्रियंका कार्कीको पनि डिभोर्स रहष्य बाहिरियो । अमेरिकाबाट नेपाल आउनु नै सम्बन्ध विग्रनु भन्ने अनुमान पहिले लगाईए पनि प्रियंकाले एक महिना अघि परेको आफ्नो बर्थडेमा आफ्नो डिभोर्स रहस्य फिल्मीखबर मार्फत सार्वजनिक गरेकी हुन् । प्रेमी रोचक मैनालीसंगको तीन बर्षे बैबाहिक सम्बन्धलाई उनले यो बर्ष पूर्णविराम लगाएकी हुन् । यहि बर्ष औपचारिक रुपमै मनीषा कोईरालाको पनि डिभोर्स रहष्य बाहिरियो ।
सम्बन्ध टुट्नुको हकमा १२ बर्षदेखि एउटै छानामुनी लभिङ्ग टुगेदर रहेका छवि ओझा र रेखा थापा यसै बर्ष औपचारिक रुपमै टाढिए । यध्यपी टाढिएपनि उनीहरुको ब्यावसायिक सम्बन्ध कायमै छ । ब्रेकअप जस्तो उनीहरुको सम्बन्ध अहिले प्याचअप भई अघि बढेको पनि महिनौ भईसक्यो । यो जोडीको सम्बन्धको बारेमा अझै मिडिया क्लियर भईसकेको अवस्था छैन । किन कि जोईपोईको जस्तो सम्बन्ध टुटेपश्चात पनि छविले रेखालाई आफ्नो फिल्ममा लिईरहनुले उनले रेखालाई अत्याधिक माया गर्छन् भन्ने प्रमाण हो । तर, रेखाले छविलाई प्रेमी वा श्रीमानको रुपमा आत्मसाथ गर्न नसक्नुनै उनीहरु छुट्टिएको हो भन्ने गरिन्छ ।

म्यारिज : म्यारिजको हकमा यो बर्ष बरिष्ठ अभिनेता हरिबंश अचार्यको प्रसङ्ग सवैभन्दा चर्चित बन्यो । पहिलो श्रीमतीको निधन भएको ठीक एक बर्षमा हरिबंश दोस्रो बैबाहिक बन्धनमा बाधिए । उनी रमिला पाठक नाम गरेकी एकल महिलासंग बैबाहिक सम्बन्धमा गासिएका हुन् । यस्तै पछिल्लो केही बर्षदेखि अमेरिकामा रहदै आएकी सारङ्गा श्रेष्ठले पनि उतै दोस्रो बिहे गरिन् यस पटक । उनले आफू भन्दा दुई बर्ष कान्छो रमेश कार्कीसंग कानुनी बिवाह गरेकी हुन् ।
यसैगरी नेपाल बसाई छाडी अमेरिका पुगेकी हिरोईन यूना उप्रेतीले पनि यहि बर्ष बिहे गरेकी हुन् । उनले अमेरिका टेक्सास निवासी बिकास अधिकारीको सिन्दुर स्वीकार गरेकी हुन् । यस्तै अभिनेता एवं गायक सत्यराज आचार्यले पनि आफ्नो प्रेम सम्बन्धलाई बिवाहमा परिणत गरे । उनले अनिता थापासंग बिहे गरेका हुन् । यता हिरोईन निशा अधिकारीका पूर्व प्रेमी निर्देशक निरक पौडेल पनि यसै बर्ष अनिशा थापासंगको बैबाहिक सम्बन्धमा गासिए ।

बिहेकै प्रसंगमा पूर्व मिस नेपाल एवं एक फिल्मबाट हिरोईनको समेत ट्याग भिरेकी माल्भिका सुब्बाले पनि प्रेमी रियाज श्रेष्ठसंग लगनगाठो कसिन् । महंगा स्क्रिप्ट राईटरको रुपमा चिनिएका प्रदीप भारद्धाजले पनि झापाकी दुर्गा प्रसाईसंग यहि बर्ष बिहे गरे । कान्छी प्रोड्यूसरको रुपमा केही बर्षअघि चिनिएकी कृषा चौलागाई पनि यहि बर्ष बैबाहिक बन्धनमा बाधिईन् । उनले प्रितम लामिछानेसंग बिहे गरेकी हुन् । यसैगरी गत बर्षदेखि चर्चा बटुल्न थालेकी महिला संगीतकार रेखा पौडेलले बिशाल सेढाईसंग बैबाहिक सम्बन्ध यसै बर्षदेखि सुरु गरिन् ।
यसैगरी यहि बर्ष महानायकको गर्लफ्रेण्ड रहेको औपचारिक पुष्टी पनि भयो । यस अघि मोडलिङ दुनियामा रहेपनि ग्ल्यामर फिल्डसंग कहि कतै टच नभएको ईन्टरभ्यू एक ट्याब्लेडमा दिएपछि महानायकको गर्लफ्रेण्ड मधु भट्टराई सार्वजनिक हुन नपाई आलोचनामा पनि परिन् । उनी मात्र हैन आर्यन सिग्देल पनि अफएयरमा रहेको प्रसंग यहि बर्ष बाहिरियो । सपना भण्डारी नाम गरेकी एक सुन्दरीसंग केही बर्षदेखि अफएयरमा रहेका आर्यनले सपना आफ्नो मिल्ने साथी मात्र रहेको खण्डन गर्न भने छाडेनन् । जोरपाटी निवासी सपना र आर्यनको सम्बन्ध आलोक नेम्वाङको निर्देशनमा बनेको फिल्म कोही मेरो रिलिज पश्चात सुरु भएको हो ।
.jpg)

