सिन्धुलीमा आज शुक्रवार देखि तिन दिने अन्तराष्ट्रिय आदिवासी फिल्म महोत्सब शुरू भएको छ । प्राङ्बोला छारन्हान नामक संस्थाले महोत्सवको आयोजना गरेको हो ।
अदिबासी जनजातीहरुको परम्परागत ज्ञान, सीप र कलाको बिकास एबम् बिस्तारमा टेवा पुयाउने उदेश्यले महोत्सव गर्न लागिएको आयोजकले जनाएको छ । आदिबासी ज्ञानको संरक्षण र प्रर्बद्धन गरौ भन्ने नाराका साथ सदरमुकाम सिन्धुलीमाढीमा रहेको सभागृहमा शुरु भएको महोत्सबमा नेपाली, मगर, तामाङ, सुनुवार, चेपाङ, ताइवान, अँग्रेजी लगायतका भाषामा बनेका १८ ओटा बृतचित्र तथा फिल्म प्रर्दशन गरिने छ । सिन्धुलीमा पहिलो पटक आदिवासी फिल्म महोत्सब भएको हो ।

