Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राजधानीमा तीन दिने सर्ट फिल्म फेस्टिभल शुरू

फिल्मीखबर, काठमाण्डौ, 2013/04/12

लघु फिल्मलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ आज शुक्रबारबाट राजधानीमा तीन दिने सर्ट फिल्म फेस्टिभल शुरू भएको छ । 'काठमाण्डौ सर्ट फिल्म फिएस्टा' नाम दिईएको उक्त फेस्टिभलमा ३६ सर्ट फिल्म तथा डकुमेन्ट्रीले प्रतिष्पर्धाका लागि भाग लिएका छन् ।

 

छायाँछबिको आयोजनामा शुरू भएको उक्त फेस्टिभलको अनामनगर स्थित मण्डला थिएटरमा उदघाटन गरिएको छ । उदघाटन सत्रसँगै आजै १३ सर्ट फिल्म तथा डकुमेन्ट्री प्रदर्शन गरिंदैछ । निर्देशक आकाश अधिकारी, ओम प्रतिक, सञ्चारकर्मी दीपेन्द्र लामा र महिला छायाँकार सवनम मुखियाले निर्णायकको भुमिका निर्वाह गर्दैछन् । दर्ता भएका ६५ फिल्म मध्ये ४० वटा प्रदर्शनमा आउनेछन् । ४ वटा फिल्म भने अप्रतियोगीको रूपमा प्रदर्शन गरिने आयोजकले जानकारी दियो ।

 

कार्यक्रममा बोल्दै प्रमुख अतिथी बरिष्ठ निर्देशक यादव खरेलले लघु फिल्म विचार र सिर्जनशिलताको संक्षिप्तता भएको बताउँदै यस किसिमको कार्यले लघु फिल्मको महत्व दर्शाउने धारणा राखे । कार्यक्रममा अध्यक्ष शान्तिप्रियले वैकल्पिक बजारको खोजी गर्न यो महोत्सवको आयोजना गरेको बताए । आज प्रदर्शनको शुरूवात 'लभ्ली पोखरा' नामक डकुमेन्ट्रीबाट गरिएको छ ।

 

यस्तै आज नै नीनी रचनी, द वाकिङ क्यामेरा, महायात्रा, पालो, अन्तिम सन्देश, कथा प्रेमका, मेप्वाय, दे कल इट लभ, यसरी नै आरू फुल्छ, मरेर बाँचेकाहरू, विधानको मृत्यु र ग्लानी प्रदर्शन हुँदैछन् । फेस्टिभल साँझ करिब ७ बजेसम्म चल्ने छ । प्रतिष्पर्धामा उत्रेका बेष्ट सर्ट फिल्म र डकुमेन्ट्रीलाई १०/१० हजार रुपैयाँ प्रदान गरिनेछ । त्यस्तै जुरी अवार्ड, पब्लिक च्वाईस अवार्ड, बेष्ट म्यासेज फिल्म, इनकरेजमेन्ट अवार्ड पनि दिईने आयोजकले जनायो ।