Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 4.33/5.00)
Text size:-
+
-

भविष्य खोज्दै हिडेकी नम्रताको `अन्तराल`

फिल्मीखबर, काठमाण्डौ, 2013/04/12

फिल्म क्षेत्रमा नम्रता सापकोटाको नाम नयाँ भएपनि मोडलिङ क्षेत्रमा उनको नाम नयाँ हैन । हुनत उनले कक्षा ५मा पढ्दाखेरि नै 'उनको सम्झना' नामक एक फिल्ममा सानो भुमिकामा बाल बलाकार भएर अभिनय गरिसकेकी छिन् । एक्टर्स स्टुडियोबाट अभिनय कोर्ष गरेको बताउने नम्रताले 'अन्तराल' फिल्मबाट डेब्यू गर्दै फिल्मी कलाकारिताको यात्रामा एक खुड्किलो पार गर्दैछिन् ।

 

५ दर्जन जति म्युजिक भिडियो तथा थुप्रै विज्ञापन र एक सर्ट फिल्ममा कलाकारको रूपमा आफ्नो दक्षता पस्किसकेकी नम्रताले यहि जेठ ३ गते रिलिज हुन लागेको फिल्म 'अन्तराल'मा भविष्य खोज्दै हिड्ने युवापात्रको प्रतिनिधिको रूपमा अभिनय गरेकी छिन् । अन्तराललाई हरेक नेपालीको कथा भन्न रूचाउने नम्रताले फिल्मबाट दर्शकले धेरै कुरा सिक्न सक्ने बताईन् ।

 

'अहिलेका युवाहरूमा आफ्नो भविष्यको चिन्ता छ तर नेपालमा भविष्य नदेखेकाले विदेशिन बाध्यछन्,' नम्रताले फिल्मले दिन खोजेको सन्देशका बारेमा प्रस्टाउँदै भनिन्- 'युवाहरूमा भविष्यको बारेमा चिन्तित हुनुपर्छ भन्ने सन्देश मेरो भुमिकाले दिन्छ ।' उनले फिल्ममा आफूले निर्वाह गरेको भुमिकालाई भने प्रस्ट्याउन चाहिनन् । 'अहिलेनै सबैकुरा भने दर्शकले चासो दिएर हेर्ने के त ?,' नम्रताले नम्र हुँदै भनिन् ।

 

 

फिल्मले सन्देशसँगै मनोरञ्जनलाई पनि फोकस गरेको नम्रताले प्रस्ट पारिन् । 'फिल्ममा देखिने कुनै न कुनै पात्रमा दर्शकले आफूलाई पाउनुहुन्छ । त्यहि पात्रले निर्वाह गरेको भुमिकामा दर्शक आफू रमाउन थाल्नुहुन्छ,' नम्रताले दाबिका साथ भनिन् । यस्तै उनले यसअघि फिल्ममा अभिनय गर्ने रूची नभएको तर अन्तरालमा काम गरेपछि रूची बढ्दै गरेको बताईन् । 'अब राम्रो स्क्रिप्ट आयो भने काम गर्छु,' नम्रताले भनिन्- 'यो क्षेत्रमा डुबेपछि उत्रन गार्‍हो हुनेरैछ ।'


 

हुनत यसअघि हस्ताक्षर नामक फिल्ममा नम्रताले अभिनय गरिसकेकी छिन् तर पनि रिलिजका हिसाबले उनका लागि अन्तराल नै डेब्यू फिल्म हुनेछ । पहिलो फिल्म भएकाले नम्रताले आफू निकै एक्साइटेड भएको बताईन् । 'म्युजिक भिडियोबाट त प्रतिक्रिया पाईसकें अब फिल्मको प्रतिक्रिया पाउन आतुर छु,' नम्रताले भनिन् । घरपरिवारबाट राम्रो सहयोग पाएकी नम्रताले बुबाको प्रेरणाले नै यो क्षेत्रमा आएको बताईन् ।