Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.50/5.00)
Text size:-
+
-

नतिजा सेन्सर झमेला : सर्वोच्चसम्म जाने

फिल्मीखबर, काठमाण्डौ, 2013/04/11

अत्यन्त सामान्य दृश्य र सम्बादलाई हटाउन सेन्सर बोर्डले दबाब दिएपछि नतिजा टिम सेन्सर बोर्ड विरुद्ध सर्वोच्च अदालत जाने तयारीमा जुटेको छ । प्रमोद भण्डारी निर्देशित नतिजाको केही दिन अघि सेन्सरले ९ सिनमा आपत्ती जनाएपछि सेन्सर बोर्ड र नतिजा टिम बिच युद्ध सुरु भएको हो ।

 

बोर्ड र नतिजा युद्धमा चलचित्र निर्देशक समाज र निर्माता संघका प्रतिनिधिले पनि पूर्ण साथ दिने नतिजाको विशेष प्रेस शो पश्चात प्रतिक्रिया दिएका छन् । प्रेस शोमा उपस्थित पत्रकारहरुले पनि सेन्सरको कदम अत्यन्त कमजोर र लाजमर्दो रहेको तर्क गरेका छन् । 'सेन्सर लफडाका कारण फिल्म नहेरूञ्जेल म पनि त्यस्तै सोचाईमा थिए तर अहिले हेरिसकेपछि कही कतै सेन्सर गर्नुपर्ने ठाँउ मैले देखिन,'  निर्माता संघका सचिव सुरेश दर्पण पोखरेलको भनाई थियो । यस्तो फिल्म पैसा खर्चेर राज्य स्वयमले बनाउनु पर्नेमा निजि क्षेत्रबाट बन्दा सहयोग गरिनु पर्नेमा हस्तक्षेप भएकोमा फिल्मकर्मीहरुको दुर्भाग्य भनेका छन् दर्पणले । 

 

यस्तै निर्देशक समाजका महासचिव एम.एस. अग्रजले पनि यो मुद्धालाई आफूहरुले साथ दिने प्रेस शो पश्चात भनेका छन् । उनले सेल्फ सेन्सरसिपमा निर्देशक सहि भएकाले सेन्सर बोर्डको कदम पूर्ण गलत रहेको औलाएका  छन् । यस्तै फिल्म हेरेका कलाकार शंकर आचार्यले सेन्सर बोर्ड कर्मचारी तर्फ ईगित गर्दे बुझ्ने र जान्ने भएको भए उनीहरुले यस्तो नगर्ने बताएका छन् ।  'फिल्ममा देखिएको ग्रेटर नेपालको नक्सा हटाउन चाहि हामी सहमत छौ तर अन्य दृश्य हटाउन हामी कुनैपनि हालतमा सहमत छैनौ,' निर्देशक भण्डारीले भनेका छन् । उनले आफ्नो फिल्मलाई सरोकारवाला निकायहरुलाई देखाउदै कानुनको ढोका ढक्ढक्याउने पनि बताए ।

 

 

'हामीलाई पनि फिल्मको सामान्य भाषा नबुझ्ने ब्यक्तिले सेन्सर गरी हस्तक्षेप महसुस भएको छ,' फिल्म हेर्न उपस्थित भएका फिल्मकर्मीले भने- 'अन्याय सहनु पनि पाप हो सायद यहि पाप फिल्मकर्मीहरुले पछिल्लो समय गरिरहेका छन् ।' नियत खराब बनाएर बनाईएका केही फिल्महरुका ट्रेलर र गीतका कारण सेन्सर बोर्डका पदाधिकारीहरु यस किसिमको निर्णयमा पुगेको एक कारण हो तर फिल्मको भाषा नै नबुझी गरेको सेन्सरको कदम आपत्तीजनक रहेको हरेक फिल्मकर्मीको ठम्म्याई छ ।


रिलिज मिति टुङ्गो नलागेको यो फिल्मलाई शक्ति पण्डित  र सपना श्रेष्ठले निर्माण गरेका हुन् । फिल्ममा शोहित मानन्धर, हर्षिका श्रेष्ठ, श्रृजना सुब्बा तथा विशाल पोखरेल मुख्य भूमिकामा छन् । यो फिल्म समाजिक बिषयबस्तुमा तयार गरिएको छ,  जसका निम्नलिखित दृश्यहरुलाई नहटाए सेन्सर पास नगर्ने अडान सेन्सर बोर्डले गरेको  छ।

 

फष्ट हाफ
१) भित्तामा रहेको कलात्मक तस्बिरबाट क्यामेरा पुलब्याक गर्दे दुई हिरोहरुको कुराकानीको दृश्य
२) रुक न यो रात बोलको गीतको पानीको दृश्य ब्लर गरिनुपर्ने ।
३) कफि खादै कुरा गरेको प्रिन्स र ऋतुको दृश्य ब्लर गरिनुपर्ने ।
४) केटाको कानमा वेलकम टू एड्स भनिएको दृश्य ब्लर गरिनुपर्ने ।


सेकेन्ड हाफ
१) महिलाई पिसाब गरिएको दृश्य काट्नु पर्ने ।
२) ग्रेटर नेपालको नक्सा हटाउनु पर्ने ।
३) 'केटी जब बेश्या बन्ने निर्णय गर्छे र लिपिष्टीक लगाउछे' त्यो दृश्य ब्लर गरिनुपर्ने ।
४ फिल्म भित्र रहेको बेड सिन हटाउनु पर्ने ।
५ प्रिन्स केटीको शरिरबाट पल्टिएको दृश्य हटाउनु पर्ने ।