Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.50/5.00)
Text size:-
+
-

ऋचाको ड्रिम क्यारेक्टर `उमा`

फिल्मीखबर, काठमाण्डौ, 2013/04/10

हरेक कलाकारको आ-आफ्नै ड्रिम रोल हुन्छ । आफूले चाहेको, रोजेको भुमिका फिल्ममा गर्न पाउदा जो कोही पनि खुसी नहुने कुरै भएन । यस्तै आफ्नो ड्रिम रोल छोटो समयमा नै पूरा गर्न पाएकी एक कलाकार हुन् ऋचा शर्मा । ऋचाले फिल्म 'उमा'मा जुन भुमिका निर्वाह गरेकी छिन् त्यो उनको ड्रिम रोल रे !

 

'हरेक कलाकारको चाहना एउटा सशक्त भुमिका निर्वाह गर्न पाए हुन्थ्यो भन्ने हुन्छ र आज मैले त्यो चाहना पूरा गर्न पाउँदा निकै खुसी लागेको छ,' ऋचाले आफ्नो खुसी फिल्मीखबरसँग साट्दै भनिन्- 'उमा फिल्ममा मैले जुन भुमिका निर्वाह गरेकी छु त्यो मेरो ड्रिम रोल थियो र काम उत्तिकै च्यालेञ्जिङ पनि ।' हरेकको ड्रिम रोल च्यालेञ्जिङ हुने उनको तर्क छ । 'यो फिल्मबाट मैले धेरै आश गरेकी छु,' ऋचाले भनिन् ।

 

माओवादी द्धन्दकालमा एक परिवारले भोग्नु परेको पिडामा आधारित रहेर वैचारिक मतभेदका आधारमा विछोडिन पुगेका दुई दाजुबहिनीको सम्बन्ध वरिपरि घुमाएर निर्माण गरिएको फिल्म 'उमा'मा ऋचाले माओवादी कमरेडको भुमिका निर्वाह गरेकी छिन् । 'छिरिङ रितार दाई (निर्देशक)सँग काम गर्ने ठूलो इच्छा पनि थियो त्यो पनि पूरा भयो,' ऋचाले सुनाईन् । यो फिल्मबाट अभिनय र मेकिङका कुरा धेरै सिक्न पाएको उनको भनाई छ ।

 

ब्लकबस्टर फिल्म 'फस्ट लभ'बाट फिल्म उधोगमा छिरेकी ऋचाले मुख्य भुमिका निर्वाह गरेका त्यसपछिका फिल्म मेरो लभ स्टोरी, हाइवे र भिसा गर्लबाट खासै सफलता पाउन सकिनन् । बरू छोटै भुमिकामा देखिएको भएपनि लुट फिल्मबाट उनी चर्चामा रहिन् । यसपटक भने ऋचाले ठूलै आश राखेकी छिन् । 'यो फिल्म हरेक पक्षले उत्कृष्ट छ त्यसैले पक्कै चल्छ,' ऋचाले ढुक्क भएर भनिन् ।

 

मिला प्रोडक्सनको ब्यानरमा छिरिङ रितार शेर्पाले निर्देशन गरेको यो फिल्ममा ऋचाको साथमा सौगात मल्ल, दयाहाङ राई, प्रविण खतिवडा, मिथिला शर्मा, प्रमोद अग्रहरी, पुष्कर गुरुङ, प्रकाश घिमिरे, सुरेश चन्द लगायतले अभिनय गरेका छन् । पुरूषोत्तम प्रधानले खिचेको यो फिल्म यहि जेठ १० गतेबाट प्रदर्शनमा आउँदैछ ।


 

ऋचाको ड्रिम क्यारेक्टर `उमा`
 

 

Most Visited News (monthly)