Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 4.00/5.00)
Text size:-
+
-

पहिलो पटक अनस्क्रिनमा अत्याधिक राम्री नीता !

फिल्मीखबर, काठमाण्डौ, 2013/04/09

बाल कलाकार हुँदाको सुन्दरताको बखान अर्कै तर बयष्क भएपछिको सुन्दरता नै महिलाहरुको असली सुन्दरता हो । र, यहि बयष्क अवस्थामा पुगेकी नीता ढुङ्गाना पहिलो पटक अनस्क्रिन ज्यादा  राम्री देखिएकी छिन् । पर्सी शुक्रबार देखि रिलिज हुने नोटबुकका दुई गीतमा उनको सुन्दरताको मापन उनका हिजोका फिल्महरुसंग गरिएका छन् ।


गोपीकृष्ण टिभी फिल्मीका जर्नलिष्ट सचिन आचार्य नीता पहिलो पटक अत्याधिक राम्री देखिएको बताउँछन् । एनटीभी प्लसमा सिनेमा नेपाल कार्यक्रम चलाउने दिनेश सिटौलाले पनि सानै देखि देखेको नीताको असली सुन्दरता नोटबुकमा देखिएको तर्क गरेका छन् । यसैगरी पछिल्लो पटक सुमिना घिमिरेसंगको कन्ट्रोभर्सीमा परेका रेडियो कान्तिपुरका विजय आवाजले सुन्तरतासंगै गीतमा देखिएको पर्फमेन्सबाट नीताको अभिनयमा निखारता आएको रिभ्यू गर्छन् ।


नीताले पनि यस अघिका आफ्ना फिल्महरुबाट यस किसिमको प्रशंशा नपाएको बताएकी छिन्  । उनी भन्छिन्- 'यी गीतले मात्रै पनि मेरो करिअरमा धेरै ईट्टा थप्ने काम गरिदिए जस्तो लागेको छ त्यसकारण पुरै फिल्म हेरेपछि झन प्रशंशा पाउने आश छ मेरो ।' नीतासँगै फिल्ममा अनस्क्रिन रोमान्स गरेका नायक जीवन लुईटेलले पनि नीताको सुन्दरता र कामको प्रशंशा गरे । 'उनी जति राम्री छिन् काम पनि उत्तिकै राम्रो गर्छिन् ।'

 

गीतहरु हिट भएका कारण नीतालाई अहिले परिवार देखि लिएर साथी भाईहरुले पनि हिजोको दिनमा गरेको सपोर्ट भन्दा ज्यादा सपोर्ट गरेको अवस्था छ अहिले । प्रज्ञा जोशीको निर्माण तथा योगेश घिमिरेको निर्देशनमा बनेको नोटबुकका जीवन लुईटल र शेन सापकोटा मेल लिड एक्टर हुन् । म्युजिक काउन्टडाउनमा हिट भईरहेको नोटबुकका दुई गीतमा हेर्नुस् नीता कस्ती देखिएकी छिन् ?