Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 2.67/5.00)
Text size:-
+
-

`हमेशा` अभिभावकसँग हेर्नुपर्ने

फिल्मीखबर, काठमाण्डौ, 2013/04/09

कुनैपनि दृश्यमा आपत्ति नजनाई चलचित्र जाँचपास समिती (सेन्सर बोर्ड)ले फिल्म हमेशालाई पिजी सर्टिफिकेट दिएको छ । फिल्मका द्धन्दका दृश्य केहि डरलाग्दा भएकाले १३ बर्ष मुनिका बालबालिकाले अभिभावकसँग बसेर फिल्म हेर्नुपर्ने भन्दै सोमबार पिजी सर्टिफिकेट दिएको निर्माता छबिराज ओझाले फिल्मीखबरलाई जानकारी गराए ।



'हामीले सबैले हेर्न मिल्ने खालका सभ्य फिल्म बनाउँछौं,' निकै गर्वका साथ निर्माता ओझाले भने- 'द्धन्दका दृश्यमा भने केहि साउथ इन्डियन शैली प्रयोग गरेकाले सेन्सरले छड्के नजर लगायो । तर, फिल्म हेर्दा दर्शकलाई कुनैपनि दृश्यमा आपत्ति हुनेछैन ।' आफ्नो फिल्म पूर्णरूपमा मनोरञ्जनात्मक रहेकाले दर्शकहरू सन्तुष्ट हुने छबिको दाबी छ ।

 

सविर श्रेष्ठ निर्देशित यो फिल्ममा रेखा थापा, सबिन श्रेष्ठ र नरेन खड्काको मुख्य भुमिका रहेको छ । रेखा फिल्मस् र गुण सिनेमासँग छबिराज प्रोडक्सनको जोईन्ट भेन्चर रहेको  कमर्सियल यो फिल्ममा रेखा पौडेलको संगीत रहेको छ । त्रिकोणात्मक प्रेमकथालाई सुवास सिंह बस्न्यातले तयार पारेका हुन् भने मदन घिमिरे 'काश्यप' ले फिल्मलाई खिचेका हुन् । यो फिल्म यहि चैत्र ३० गते अर्को प्रतिक्षित फिल्म नोटबुकसँग भिड्ने छ ।