Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

धरानमा चलचित्र महोत्सवको तयारी शुरू

अर्पण ढकाल, धरान, 2013/04/09

चलचित्र बिकाश बोर्डले बैशाखको अन्तिम साता धरानमा राष्ट्रिय चलचित्र महोत्सवको आयोजना गर्ने निर्णय गरेसंगै धरानमा आयोजनाको तयारी शुरू भएको छ । जसअनुरुप तीन दिने महोत्सवको आयोजनाको तयारी बारे बोर्डले धरानमा सोमबार एक अन्तरक्रियाको आयोजना गर्यो ।


धरानमा बिगत २५ वर्ष देखि नाट्य क्षेत्रमा काम गर्दै आएको अनाम नाट्य जमातले स्थानीय आयोजकको रुपमा महोत्सवको आयोजना गर्न प्रस्ताव गरे पछि बोर्डले छलफल कार्यक्रमको आयोजना गरेको थियो । सो छलफलमा बोर्डका तर्फ सदस्य निलहरि काफ्लेको उपस्थिति रहेको थियो भने धरानका स्थानीय कलाकार, बुद्धिजीवीले समेत कार्यक्रम बारे आफ्नो विचार राखेका थिए ।


 बैशाख २८,२९ र ३० गते महोत्सव आयोजना गर्ने अनौपचारिक निर्णय भैसकेको जानकारी दिदै बोर्डले स्थानीय सरोकारवालासंग छलफल गरेको थियो । बोर्डको निर्णय अनुमोदन गरिसकेको र छलफलको निर्णय सहित बोर्डलाई अनुरोध पत्र पठाउने जानकारी अनाम धरानका अध्यक्ष बिनोद तखाछेले गराए । यस अनौपचारिक छलफलबाट निस्केको निर्णयले बोर्डलाई औपचारिक निर्णय गर्न बाटो खुलेको बताउदै महोत्सवलाई भब्य बनाउन पूर्ण रुपमा तयारीमा जुट्ने बोर्ड सदस्य काफ्लेले बताए ।

 

बोर्डबाट महोत्सव बारे औपचरिक निर्णयको पत्र आउन साथ अर्को बृहत भेला गराएर आयोजक कमिटी गठन गरेर तयारीमा जुट्ने अनाम अध्यक्ष बिनोद तखाछेले बताए । महोत्सवमा नेपालका चर्चित फिल्मकर्मीको उपस्थिती, फिल्म बिश्लेषक र दर्शकहरु बीच अन्तरक्रिया, उत्कृष्ट फिल्म प्रदर्शन लगायतका कार्यक्रम गरिने छ ।