Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पोष्टमै अड्किएको `मेरो मनको साथी`

फिल्मीखबर, काठमाण्डौ, 2013/04/08

एउटै समयमा सुटिङ भएका करिब २० फिल्म रिलिज भईसके तर 'मेरो मनको साथी'को पोष्टप्रोडक्सनको काम अझै सकिएको छैन । बिगत १३ महिनादेखि राजधानीको पुतलीसडक स्थित एक स्टुडियोमा उक्त फिल्मको पोष्टको काम भईरहेको छ ।

 

'सम्पादन पोष्टमा पुगेको ४ महिनामा नै सकिएको थियो तर ग्राफिक्सको काम नै लामो समय भयो,' निर्देशक प्रदीप श्रेष्ठले काम ढिला हुनुको रहस्य खोल्दै भने- 'फिल्ममा १५ भन्दा बढि सिनमा ग्राफिक्सको काम भएकाले ढिला भएको हो ।' ग्राफिक्सको काम अन्तिम चरणमा पुगेको बताउँदै निर्देशक श्रेष्ठले प्रयोग गरिएका सबै ग्राफिक्सका सिन दर्शकलाई नेचुरल नै लाग्ने बताए । फिल्ममा हेलिकप्टर देखि लाखौंको क्राउड ग्राफिक्सबाट देखाउन खोजेको उनको भनाई छ ।

 

'ग्राफिक्समा धेरै मेहनत गरियो,' सम्पादक विपिन मल्लले भने- 'मेहनत अनुसार फिल्म हेर्ना निक्कै मज्जा हुन्छ ।' ग्राफिक्सका केहि सिन त अहिलेसम्म नेपाली फिल्ममा नगरिएको कुरा पनि प्रयोग गरेको उनले दाबी गरे । फिल्मको सुटिङमा सम्भव नभएका कुरा ग्राफिक्सबाट देखाउन खोजेको निर्देशकको भनाई छ ।

 

प्रेमकथामा बनेको फिल्म 'मेरो मनको साथी' यहि बैशाख १३ गतेबाट प्रदर्शनमा आउँदैछ । न्यु भेनस फिल्म्स् प्रालिको ब्यानरमा राजेश शाहीले निर्माण गरेको यो फिल्ममा जीवन लुईटेल, आयुष रिजाल र जस्मिन श्रेष्ठको रोमान्टिक प्रेमकथा हेर्न सकिनेछ । फिल्ममा राजेश हमाल, सुनिल दत्त पाण्डे, मिथिला शर्मा, हिउँवाला गौतम, मुकुन्द श्रेष्ठ, मुकुन्द किशोर भट्टराई, उमेश खड्का लगायतले पनि अभिनय गरेका छन् ।

 

फिल्ममा कथा प्रदीप श्रेष्ठ, पटकथा र संवाद मौनता श्रेष्ठ, संगीत महेश खड्का, नृत्य कविराज गहतराज, द्वन्द्व हिमाल केसी, गीत नरेश भट्टराई र दयाराम पाण्डे तथा छायांकन रामशरण उप्रेतीको छ ।