Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(7 votes, avg 2.29/5.00)
Text size:-
+
-

हल ट्रेलरमा कलरफुल `अन्तराल`

फिल्मीखबर, काठमाण्डौ, 2013/04/08

ग्रामिण भेगबाट थुप्रै सपना बोकेर फरक समुदायबाट फरक उद्देश्य बोकी शहर पसेका छ जना युवाहरूको संघर्षको कथालाई मुख्य बिषय बनाएको फिल्म 'अन्तराल'को अफिसियल हल ट्रेलर रिलिज गरिएको छ ।

 

कमलमणी नेपाल, राजकुमार पुडासैनी, नम्रता सापकोटा, मानव सुवेदी, अशिष्मा नकर्मी, घनुभाइ जोशी, लोकेन्द्र लेखक, उज्जवल शर्मा भण्डारी, अमितेश शाह र जेशिका बोगटीको साथमा पूर्व मिस नेपाल रूवी राणाको अभिनय रहेको अन्तरालको प्रस्तुत प्रोमोले लाईफ स्मुथ छैन, लाईफमा थुप्रै अप्स एन्ड डाउन आउँछ भन्ने कुरा देखाउछ । जीन्दगी दौड हो, यो दौडमा हिम्मत नहारि दौडिरहने व्यक्तिले के सम्म गर्न सक्छ र जीवनलाई लक्ष्यविहिन र कर्मविहिन बनाउँदा मान्छे कहाँ पुग्छ भन्ने कथालाई फिल्मले बोकेको निर्देशक दीपा बस्नेतले बताईन् ।

 

जीवनसाथी फिल्मसको व्यानरमा बि.बि. बस्नेत र डा. लक्ष्मीकान्त पाण्डेको निर्माण रहेको अन्तरालमा शशि विक्रम थापाको संगीत, शिवराम श्रेष्ठको छायांकन तथा अभिमन्यू निरवीको लेखन रहेको यो फिल्ममा असिम चित्रकार र वुद्धरत्न महर्जनको सम्पादन एवं ग्राफिक्स रहेको छ । जीवन कार्की, अशोक शिवाकोटी, दीपा बस्नेत, तिर्थ दावाली भाई र अभिमन्यू निरवीको गीतमा मनिषा पोखरेल, मानव सुवेदी, शशिबिक्रम थापा र विकासले स्वर दिएका छन् । नरेन्द्र महर्जनले वितरण गर्ने यो फिल्म यहि जेठ ३ गते रिलिज हुँदैछ ।



सयौं स्टेज नाटकमा अभिनय, आधा दर्जन जति म्युजिक भिडियोको निर्देशन तथा केहि डमुकेन्ट्रीको निर्देशन गरेकी दीपाको यो पहिलो फिचर फिल्म हो । निर्माण युनिटले फिल्मको स्लोगन 'कलर अफ लाईफ' राखेको छ ।