Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निशाको सगरमाथा आरोहणमा मेगा बैंकको सहयोग

फिल्मीखबर, काठमाण्डौ, 2013/04/08

सगरमाथा चढ्ने यात्रामा निस्कने अन्तिम तयारीमा रहेकी निशा अधिकारीलाई चौतर्फी सहयोग मिलेको छ । विभिन्न प्राईभेट सेक्टरबाट उनलाई हौषला सहित आर्थिक सहयोग गर्ने  क्रममा आज मेगा बैकले सहयोग प्रदान गरेको हो ।

 

सहयोगको राशि भने बैकले खुलाएको छैन तर यो सहयोगको यात्रा आगामी दिनमा थप उच्च भएर जाने बैकंका सिईओ अनिल शाहले प्रेस मिटमा भनेका छन् । यस्तै निशाले प्राईभेट सेक्टर त्यसमाथि पनि बैकिङ क्षेत्रबाट भईरहेको यो सहयोगले सगरमाथा चढ्नलाई आत्मबल बढेको बताएकी छिन् । यस अघि उनलाई सिटिजन्स बैकले ४५ हजार रूपैंया सहयोग गरेको थियो । सहयोग बापत निशाले मेगा बैकंको ब्यानर सगरमाथाको चुचुरोमा पुर्‍याउने अठोट लिएकी छिन् ।



बैकंको ब्यानर पनि सोही कार्यक्रममा निशालाई हस्तान्तरण गरिएको थियो । भोलि बिहान दश बजे सगरमाथा यात्रामा निस्कने तयारीमा रहेकी उनले वि लभ नेपाली फिल्म ईन्डष्ट्री लेखिएको कलाकार संघको झण्डाको साथमा आफूलाई सुरुवात देखि सपोर्ट गरेको रोटरी क्ल बकोझण्डालाई सगरमाथा पुर्याउने छिन् । यस्तै उनले नेपाल पूर्वाधार बिकास कम्पनीको ब्यानरलाई पनि सगरमाथा टेकाउदैछिन् ।

 

त्यसका अलावा आई यू सिएन, मेघा कमेडी सिरिएल तीतो सत्य सहित निशाका नजिकका प्रोड्यूसर सुनिल मानन्धरको कम्पनी श्री राम बालाजी फिल्मसको लोगो, रिलिजको लिष्टमा रहेको उनको फिल्म मेरो भ्यालेन्टाईन, निम्बस र सिटिजन्स बैकको लोगोलाई पनि सगरमाथा चुचुरोमा पुर्‍याउदैछिन् । मेको ईन्ड सम्ममा यात्रा पुरा गर्ने सेड्यूल बनाएकी निशाले सेफ योर सेल्फ बाई सेभिङ नेचर भन्ने नारालाई आफ्नो मुख्य नारा बनाएकी छिन् ।



नोटः मिडिया हाईप देखि लिएर अन्यत्र सपोर्टको हकमा यस अघि सगरमाथा चढ्न निस्किएका हिरो अर्जुन कार्कीको तुलनामा निशा धेरै माथि छिन् । निशाले सगरमाथा चढ्ने घोषणा संगसंगै अनपेक्षित सकारातत्मक चर्चा पाएको अवस्था छ अहिले ।