बैदेशिक रोजगारको र म्यानपावरले गरेको धन्दाको बिषयमा निर्माण गरिएको फिल्म 'धन्दा'लाई हङकङमा रिलिज गरिने भएको छ । गत पौष १३ गते नेपालमा रिलिज भएको यो फिल्मलाई हङकङमा टिजिआईएस प्रोडक्सनले रिलिज गर्न लागेको हो ।
आगामी मे १९ तारिखका दिन फिल्मको रिलिज गर्न लागेको निर्माता बाबुराम दाहालले बताए । हङकङ भन्दा अगाडी यहि अप्रिल २७ तारिखका दिन सिक्किमको ग्याङटोकमा धन्दा देखाईंदै छ । नेपालसँगै अष्ट्रेलिया र युकेमा समेत प्रदर्शन भईसकेको यो फिल्मलाई अन्य मुलुकमा पनि प्रदर्शन गर्ने निर्माता दाहालको भनाई छ । पछिल्लो समय बिदेशमा समेत नेपाली फिल्मको मार्केट बिग्रेकाले धन्दाले मार्केट सुधार्न केहि मद्दत गर्ने उनको दाबी छ ।
यो फिल्मलाई भारतका थुप्रै प्रान्तमा रिलिज गर्ने अधिकार HAVANICEDAY ENTERTAINMENT नामक कम्पनीलाई दिईएको निर्माता दाहालले बताए । यस्तै उनले जुलाई महिनामा अमेरिकामा पनि प्रदर्शन हुने जानकारी दिए । फ्राईडे फिल्म्सको व्यानरमा बाबुराम र निर्देशक सुदर्शन थापाले संयुक्त रूपमा निर्माण गरेको यो फिल्ममा अर्पण थापा, समुना केसी, दिलभुषण पाठक, पुष्कर गुरुङ, शुभेच्छा थापा, कमलमणी नेपाल लगायतको अभिनय रहेको छ ।

