Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 1.00/5.00)
Text size:-
+
-

लौ हेर्नुस् किन किनमा सुवासको किस

फिल्मीखबर, काठमाण्डौ, 2013/04/08

श्रावण महिनामा सेन्सर बोर्ड थप आक्रोसित नहोला भन्न सकिने आधार छैन । कारण टपलेस फोटो चर्चासंगै किन किनको किस सिन पनि बाहिरिएको छ । भिजिलान्ते हिरो सुवास थापाले पहिलो पटक किस सिन दिएका छन् । तस्बिर हेर्दा निकै आक्रोसित मुडमा यो सिन खिचिएको छ ।


श्रावण ३२मा अल नेपाल रिलिज हुने उकेश दाहाल निर्देशित यो फिल्ममा अरुणिमा लामा नाम गरेकी मोडल राजेश हमाल सामु टपलेस भएको भन्ने खबर फोटोसंगै बजारमा  छयाप्छयाप्ती छ । फिल्म भित्र आपत्तीजनक सिनहरु कस्ता छन् त्यो सेन्सर गर्ने क्रममा अबश्य बाहिरिने छ । यस अघि पुरुष बेश्याको स्टोरीलाई पलपलमामा समेटेका उकेशले किन किनमा पनि बजार अनुसारको सब्जेक्ट उठाएको तर्क गरेका छन् ।

 

यो फिल्ममा राज तिम्लिसना पनि लिड रोलमा छन् । फिल्मको स्टोरी राजको वरिपरि घुमे पनि कथामा महत्वपूर्ण पात्र सुवास रहेको बुझिएको छ । एक्टरको हिसावले पर्फेक्ट सुवासको गत शुक्रबार देखि थ्रीडी प्रविधिमा निर्माण भएको भिजिलान्ते फिल्म सफलतापूर्वक  प्रदर्शन भईरहेको छ ।