Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आदिबासी चलचित्र महोत्सब हुने

फिल्मीखबर, काठमाण्डौ, 2013/04/07

सातौं नेपाल अर्न्तराष्ट्रिय आदिबासी चलचित्र महोत्सब आगामी बैशाख १२ देखि १५ गते सम्म काठमाडौंको प्रदर्शनी मार्ग स्थित राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डको हलमा आयोजना हुने भएको छ । उक्त महोत्सब इन्डिजिनियस फिल्म अर्काईभ (आईफा)ले आयोजना गर्न लागेको हो ।

 

महोत्सबमा नेपाल अर्जेन्टीना, अष्ट्रेलिया, ब्राजिल, क्यानाडा, कोलम्बिया, इक्वेडर, जर्मनी, होन्डुरस, भारत, इजरालय, मेक्सिको, न्युजिल्याण्ड, नर्वे, रसिया, दक्षिण इथोपिया, स्पेन, स्विट्जरल्याण्ड, पेरु, ताईवान, अमेरिका गरी २१ देशका छोटा तथा लामा फिल्म, बृत्तचित्र, एनिमेसन फिल्म, प्रयोगात्मकफिल्म र म्युजिक भिडियो सहित ९३ फिल्मले सहभागिता जनाएको आयोजकले जनाएको छ । प्राप्त यी ९३ ओटा फिल्मरबाट छानिएका उत्कृष्ट फिल्म मात्र महोत्सबमा प्रदर्शन गरिने छ ।

 

'आमसञ्चारमा अदिबासीको समान पहुँच र सहभागिता’ नारा बोकेर आयोजना हुन लागेको यस महोत्सवमा नेपालको तर्फबाट मगर, धिमाल, नेवार, गुरुङ, तामाङ, राई, लिम्बु, कुलुङ जस्ता समुदायका फिल्मको आवेदन परेको आयोजकले जनाएको छ ।