दुई फिल्मको रिलिज मिती आउदो शुक्रबार एकै दिन हो । प्रचारवाजी पनि दुवैले उस्तै गरेका छन् । तर सार्वजनिक फिल्मको म्यूजिक पार्टलाई मूल्याकंन गर्दा नोटबुक माथि रहेको अनुमान सजिलै लगाउन सकिन्छ ।
योगेश घिमिरेको निर्देशनमा तयार भएको नोटबुकमा जीवन लुईटेल, नीता ढुङ्गाना र नयाँ हिरो शेन सापकोटाको ट्रयाङगुलर लभस्टोरी रहेको सार्वजनिक ट्रेलर र गीत हेरेर भन्न सकिने आधार छन् । यता हमेशाको पनि स्टोरी लाईन उस्तै ट्रयाङगुलर रहेको ट्रेलरबाट मुल्याकंन गर्न सकिन्छ । तर म्यूजिकको हकमा भने नोटबुकले छलाङ मारेको छ । बजेट र लोकेशनको हिसावमा नोटबुक केही माथि रहेको भन्न सकिने आधार छ । यध्यपी बाघ प्रोड्यूसर भनेको बाघ नै उसले कहिलै घाँस खाँदैन ।
अधिकांश फिल्म जर्नलिष्टहरुले पनि चिया गफमा नोटबुकको तुलनामा हमेशाको म्यूजिक पार्ट कमजोर रहेको तर्क गरे पनि प्रोड्यूसर छबि ओझा कमर्सियल हिसाबले कमजोर देखिएका छैनन् । उनका ट्रेलरहरू मजबुत नै देखिन्छन् भने रेखा थापाको स्टार पावर पनि मजबुत नै देखिन्छ । प्राय जसो हिट गीत दिने छविले यो पटक आफ्नो फिल्मको गीतलाई दर्शकको मुखमा झुझुण्याउन भने असफल देखिएका छन् । नोटबुकको हकमा गाला रातै बोलको गीत म्यूजिक काउन्टडाउनको हिट लिष्टमा परिसकेको छ ।
यस्तै केही दिन अघि सार्वजनक नोटबुकको मायाको भुलभुलैया बोलको अर्को गीतले पनि छोटो समयमा तारिफ पाईसकेको छ । नोटबुकका संगीतकार बसन्त सापकोटा हुन् भने हमेशाको रेखा पौडेल । प्रोमो अब्बल रहेपनि आखिर यो पटक गीतमा किन कमजोर भए छवि ? यसमा तपाईको प्रतिक्रिया जनाउनुस् ।

