Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

अध्यक्ष पद छाड्न सक्छन् भट्टराईले

फिल्मीखबर, काठमाण्डौ, 2013/04/07

नेकपा एमाले समर्थित राष्ट्रिय जनसाँस्कृतिक महासंघ अर्न्तगतको एक घटक जनपक्षीय चलचित्रकर्मी मञ्चको अध्यक्ष पदमा सर्वसम्मतले बिजयी भएका केशव भट्टराईले सो पद छाड्न सक्ने संकेत देखाएका छन् ।


 आउदो बैशाख २१ हुने चलचित्र निर्माता संघको चुनावी साधारणसभामा अध्यक्षको कुर्सीका लागि उठ्ने वातावरण दर्‍हो भएमा उनले हिजो प्राप्त गरेको अध्यक्ष पद छाड्ने संकेत गरेका हुन् । 'बिधानले त रोक्दैन किनकी त्यो पेशागत संगठन नभई  बर्गीय संगठन हो त्यसकारण म यता उठ्ने माहोल राम्रो भएमा सो पद छाड्छु होला,' भट्टराईले फिल्मीखबरसंगको कुराकानीमा भने । उनले सर्वसम्मतको नेतृत्व स्वीकार्ने बेलामा हिजै आफ्नो बैकल्पिक पनि तोकेका थिए ।

 

सम्भवत उनले मञ्चको नेतृत्व छाडेमा सो पद उपाध्यक्ष दिनेश डिसीले सम्हाल्नु पर्नेछ ।  'यता अध्यक्षमा बिजयी भएपनि उता धेरै साथीहरुले उठ्नु पर्छ भनेर फोर्स गरिराख्नु भएकाले बैशाख १ गते मात्र म निर्माता संघको अध्यक्षमा उठ्ने नउठ्ने टुङगो लाग्छ,' भट्टराईले थप स्पष्ट पारे । उनलाई निर्माता संघको अध्यक्ष बनाउन अशोक शर्माको प्यानलमा रहेका फिल्मकर्मीहरुले डिजाईन बुनिरहेका छन् । त्यसका अलवा उदय सुब्बा र उज्जवल घिमिरेलाई पनि आफ्नै प्यानलको सम्भावित अध्यक्ष बनाएको छ अशोक शर्माको प्यानलले ।

 

अशोकका अनुसार यि तीन मध्ये जो उठे पनि समर्थन एकलाई सवैले गर्नेछन् । डिसिएन सेयर होल्डर एवं दक्षताका हिसावले पनि उज्जवल घिमिरे प्रतिको पल्ला भारी भईरहेको छ यो डिजाईनमा । उज्जवल चाहि ब्यक्तिगत हिसावले निर्माता संघको अध्यक्षमा उठ्ने निर्णयमा पुगिसकेका छैनन् । यस्तै अशोकका एन्टी प्रोड्यूसर तथा हालका निर्माता संघका अध्यक्ष राजकुमार राईले आउने चुनावी साधारणसभामा पनि दोस्रो कार्यकालका लागि उम्मेदवारी दिने सम्पूर्ण तयारी पुरा गरेका छन् ।