Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भिजिलान्तेसँग भिड्ने भो किसान

फिल्मीखबर, काठमाण्डौ, 2013/04/03

आउने शुक्रबार भिजिलान्ते फिल्मसँग किसान भिड्ने भएको छ । तीन बर्षअघि नै तयार भएको विमल पौडेल निर्देशित यो फिल्म अचानक रिलिजको लिष्टमा आएको हो ।

 

'क्यूमा बसेको हाम्रो फिल्मको अचानक पालो आएपछि पब्लिसिटी समेत राम्ररी गर्न सकेनौं,' निर्देशक पौडेलले आज आयोजित प्रेस मिटमा भने । किसानहरुको स्टोरीमा तयार यो फिल्मको बजेट ६७ लाख पुगेको बताईएको छ । यो फिल्म राजधानीका १४ र मोफसलका १९ वटा पर्दामा रिलिज हुँदैछ । किसान केन्द्रित यो फिल्मलाई दर्शकले रुचाउने प्रकृतिमा निर्माण गरिएको भन्दै निर्माण टिमले पब्लिसिटी पर्याप्त नभएपनि फिल्म हेरेपश्चात दर्शकले सकारात्मक प्रतिक्रिया दिने अठोट ब्यक्त गरेको छ किसान टिमले ।

 

कालिगण्डकी सिने म्याक्स प्रालिको ब्यानरमा बसन्त कुमार श्रेष्ठको प्रस्तुती रहेको किसानमा राजेश हमाल सहित गणेश उप्रेती, नीर शाह, राजेश ढुंगाना, मौसमी मल्ल, नन्दिता केसी, नीता ढुङ्गाना, राहुल केसी, बिमल पौडेल लगायतको अभिनय रहेको छ । चेतन सापकोटाको संगीत, राजु केसीको छायाँकन, रोशन श्रेष्ठको द्वन्द रहेको यो फिल्मको सुटिङ चितवनको मंगलपुरमा गरिएको हो ।