Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

आजकाल ज्यादा नजिक छन् यिनीहरु

अनुप भट्टराई, काठमाण्डौ, 2013/04/02

गत माघमा भएको फिल्मकर्मीहरुको आन्दोलनको क्रममा यिनीहरुको निकटता बढेको हो त्यस समय देखि यिनीहरु सार्वजनिक कार्यक्रममा संगै देखिन थालेका हुन् ।  

 

गएको भ्यालेन्टाईन्स डेको दिनमा आफ्नो तेस्रो फिल्म फिटकिरीको एनाउन्समेन्ट कार्यक्रममा पनि यि हिरोईनको उपस्थिती भईदिंदा सम्बन्ध निकै गहिरो रहेको अनुमान काटिएको थियो । पुजना स्त्री र प्रोड्यूसर अर्जुन कुमारको यो सम्बन्ध कस्तो प्रकृतिको हो त्यो अगामी न्यूजमा खुल्दै जानेछ तर आज भने यि दुई निकै नजिक रहेको रहष्य हामी खोल्दैछौ ।


हरेक दिन स्कुटीमा हिड्ने पुजना आज अर्जुनको टक्सन गाडीमा थिईन् । भिजिलान्ते प्रिमियर शो माहोलमा यि दुई बाहिर पनि संगै थिए र भित्र पनि । अर्जुनले ईन्टरभलको टाईममा पपर्कन र कफि पनि सर्भ गरेका थिए पुजनालाई । नयाँ फिल्म फाटेको जुत्ता निर्माण घोषणा समेत गरेका उनले पुजनालाई सो फिल्ममा लिने कसरत स्वरुप सम्बन्धको दुरी बढाएका हुन् वा कारण अरु नै हो ?