Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 4.33/5.00)
Text size:-
+
-

भिजिलान्ते प्रिमियरमा हुटिङ र तालीको बर्षा

फिल्मीखबर, काठमाण्डौ, 2013/04/02

रिभ्यूले फिल्म ध्वस्त हुने डरले पछिल्लो समय फष्टाउदै गरेको प्रिमियर कल्चर हराउदै गएको थियो तर यो बर्षको अन्तिम महिना भने रिलिजको तीन दिन अघिनै भिजिलान्ते फिल्मको प्रिमियर गरिएको छ । नेपाली फिल्म ईन्डष्ट्री पचास बर्षको पुग्ने अन्तिम चरणमा नेपालमा पहिलो थ्रीडी फिल्म भिजिलान्ते जन्मिएको हो र यहि फिल्मको प्रिमियर शो आज गरिएको हो ।


आउदो शुक्रबार देखि रिलिज हुने यो फिल्मलाई कालो चश्मा लगाएर फिल्मकर्मीहरुले हेरे । टुडी प्रविधिमा निर्मित फिल्म हेर्ने बानी परेका फिल्मकर्मीहरु अध्यारो थिएटरमा चश्माको  साहारामा थ्रीडी प्रविधिको मज्जा लिदै थिए । आफ्नो काममा सधै नयाँ प्रयोग गर्न खोज्ने दीपेन्द्र के. खनालको निर्देशनमा बनेको यो फिल्मको बिजनेस कस्तो होला त्यो भोलिको कुरा तर फिल्म सकिनासाथ एफक्यूव थिएटरमा हुटिङ र तालीको बर्षा भएको थियो ।

 

सुवास थापा, प्रियंका कार्की, राज घिमिरे, मेनुका प्रधान, ए गुरुङ, दीपशिखा शाही र शंकर आचार्य फिल्मका लिड एक्टर हुन् ।  समाजमा विद्यमान कुरीति र दण्डहीनताको विषयलाई मनोवैज्ञानिक रूपमा पस्किईएको यो फिल्मलाई पुरूषोत्तम प्रधानले खिचेका हुन् भने लेखन शान बस्यानतको हो । यस्तै फिल्मलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् । यो फिल्म राजधानी सहित मोफसलका मुख्य-मुख्य हलहरूमा चैत्र २३ गतेबाट थ्रीडी प्रबिधिबाट प्रदर्शनमा आउँदै छ ।