Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फस्टलुक : चेलीबेटी बेचबिखन बिरूद्धको `ढुवानी`

फिल्मीखबर, काठमाण्डौ, 2013/04/02

चेलीबेटी बेचबिखन बिरूद्ध जनचेतना जगाउन निर्माण गरिएको फिल्म 'ढुवानी'को फस्टलुक रिलिज गरिएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमका विच सिएनएन हिरो तथा माईती नेपालकी अध्यक्ष अनुराधा कोईरालाले उक्त फिल्मको फस्टलुक सार्वजनिक गरेकी हुन् ।

 

 

व्याच नम्बर १६बाट निर्देशक बनेका पिताम्बर पाण्डेले निर्देशन गरेको यो फिल्मलाई कविता श्रेष्ठले निर्माण गरेकी हुन् । फिल्ममा किशोर खतिवडा, प्रबिन खतिवडा, धिरेन्द्र राज थापा, सगुन शाही, अनुजा गायक लगायतले अभिनय गरेका छन् । निर्देशक पाण्डेकै लेखन रहेको यो फिल्ममा हरि लम्सालको संगीत तथा पुरूषोत्तम प्रधानको छायाँकन रहेको छ ।
 
 
फस्टलुक समारोहमा बोल्दै प्रमुख अतिथी अनुराधाले चेलिबेटी बेचबिखन रोक्न फिल्म निर्माण युनिटले चालेको यो कदमको खुलेर प्रशंशा गर्दै सफलताको कामना गरिन् । यस्तै उनले आफ्नो तर्फबाट फिल्मको लागि आवश्यक सहयोग गर्ने बताईन् । यता निर्माता कविताले यसअघि दुई फिल्म निर्माण गरेर खासै सफलता नपाए पनि यो फिल्म निर्माण गरेर सन्तुष्ट रहेको बताईन् ।