Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

अर्को अश्लिलातको पराकाष्ठा `बर्बाद` !

फिल्मीखबर, काठमाण्डौ, 2013/04/02

नेपाल चलचित्र सेन्सर बोर्डले फिल्म 'बर्बाद'लाई अश्लिलातको पराकाष्ठाको संज्ञा दिएको छ । फिल्ममा ८० प्रतिशत भन्दा बढि दृश्यहरु अश्लिल भएकाले रिलिज गर्ने अनुमति नदिंदै बोर्डले यस्तो संज्ञा दिएको हो ।

 

'फिल्म समाजलाई भड्काउने खालको अश्लिल छ,' सेन्सर वोर्ड अध्यक्ष नारायण सञ्जेलले भने- 'यस्ता फिल्मलाई त कुनैपनि हालतमा रिलिज गर्न दिनु हुँदैन ।' आफू बोर्डले रहुञ्जेल यस्ता अश्लिल फिल्म कुनै पनि हालतमा पास नगर्ने उनको भनाई छ । 'हामीले यो फिल्म पास गर्न मिल्दैन भनेर पठायौं अब उहाँहरूले फिल्मलाई स्लिल बनाएर ल्याएको खण्डमा पुन: हेरेर पास गर्न सकिन्छ,' सञ्जेलले भने ।
 

यता फिल्मका निर्माता तथा नायक जिके शर्माले भने आफ्नो फिल्म त्यस्तो अश्लिल नभएको दाबी गरे । यहि चैत्र २३ गते शुक्रबार रिलिज हुने भनिएको यो फिल्म सेन्सरमै अड्किए पछि हलसम्म पुग्न नपाउने भएको छ । 'अब फिल्मलाई पुन: सम्पादन गरेर सेन्सरमा लैजान्छौं,' निर्माता जिकेले भने । फिल्ममा जिके शर्मा, जीया केसी र गणेश गिरीको उत्तेजक दृश्यहरु रहेको बताईएको छ ।

 

श्रीमानको मायाबाट बञ्चित नारीको कथालाई पर्दामा उतारिएको यो फिल्मलाई रिम बिश्वकर्माले निर्देशन गरेका हुन् । दिनेश अधिकारी, रमेश कुमार पाठक तथा निरञ्जन सञ्जेलले निर्माण गरेको फिल्मको कथा प्रस्तुतकर्ता जिके शर्माले नै लेखेका हुन् ।

 

स्मरण रहोस् सेन्सर बोर्डले यसअघि यस्तै अश्लिल फिल्म एटिएमलाई पनि अश्लिलातको पराकाष्ठाको संज्ञा दिंदै प्रदर्शनमा रोक लगाएको थियो ।