Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भुस्याहा कुकुरको खोजीमा बिनिता

फिल्मीखबर, काठमाण्डौ, 2013/04/01

बिनिता बराल आजभोली कुकुरको खोजीमा हिड्न थालेकी छिन् । बाटोमा डुल्दै हिड्ने भुस्याहा कुकुरको खोजीमा बिनिता किन हिडिन् त ? पक्कै पनि चासोको बिषय हुनसक्छ ।

 

नेपालमा जनावर त्यसमा पनि सडक कुकुरको अवस्था निकै नाजुक छ । बिशेषत: भुस्याहा कुकुर भन्ने बित्तिकै पिट्ने, अनावश्यक दु:ख दिने, मार्ने गरेको हामीले देख्दै आएका छौं । कुकुर पनि मानिस जस्तै प्राणी भएकाले यस किसिमको दु:ख दिनुहुन्न र तिनीहरूको संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यका साथ नायिका बराल यो अभियानमा लागेकी छन् । उनले 'एनिमल वेलफेयर' अर्न्तगत स्ट्रिट कुकुरको संरक्षण गर्ने अभियान गत साताबाट शुरू गरेको बताईन् ।

 

'कुकुर पाल्न नसकेपनि तिनीहरूलाई जथाभावी दु:ख नदिएर पनि यो अभियानमा जो कोही लाग्न सक्छ,' विनिताले भनिन्- 'म त एनिमल लभर नै हूँ त्यसैले यस कार्यमा मेरो कदम हरदम अगाडी बढ्नेछ ।' प्रदर्शनमा रहेको आफू अभिनित फिल्म 'सुपरहिट'को पब्लिसिटीमा समेत व्यस्त रहेकी बिनिताले यस किसिमको सामाजिक कार्य गरेर सुपरहिट हुने बताईन् । 'फिल्म हिट हुने नहुने आफ्नो ठाउँमा छ तर यो अभियानबाट म सुपरहिट बन्ने छु ।'

 

 

यस अभियानबाट फिल्मको पनि पब्लिसिटी हुने स्वार्थ त आफ्नो ठाउँमा छ तर पनि हामीले यस कार्यबाट पब्लिसिटीको फण्डा निकाल्न भने खोजेका हैनौं,' सुपरहिट निर्देशक निरञ्जन पाण्डेले बताए । उनले केहि दिन देखि सडकमा भौतारिका कुकुरहरूको खोजी गरिरहेको बताए । '२ वटा कुकुरको उपचार गरेर दुई फरक परिवारलाई पाल्न दिईसकेका छौं भने अन्य कुकुरहरू जम्मा गरेर 'क्याट सेन्टर'मा बुझाउने तयारी पनि गरेका छौं,' सुपरहिटकै अर्का निर्देशक सौरभ ढकालले बताए ।

 

देशका सबै सडक कुकुर आफूहरूले जम्मा गर्न सक्ने अवस्था नरहेकाले जनचेतना जगाउन पनि यो अभियान शुरू गरेको नायिका बरालको भनाई छ । 'हरेक व्यक्तिले यस बिषयमा चासो देखाउने हो भने केहि बर्षमा नै सडक कुकुर व्यवस्थित हुनेछन् र उनीहरूले घरमा पाल्ने गरेका कुकुरको जस्तै माया पाउने छन्,' बिनिताले भनिन् । यस्तै सुपरहिट फिल्म युनिटले सडक बालबालिकाको समस्या निकै दयनिय रहेको भन्दै यस पक्षमा पनि आफ्नो ध्यान केन्द्रित गरेको छ ।

 

'हामी सडक बालबालिकालाई सडकमा आउनै नदिने उपायको बारेमा जनचेतना जगाउने अभियान पनि शुरू गर्दैछौं,' निर्देशक ढकालले बताए । त्यतिमात्र हैन देश सफा राख्नु पर्छ भन्ने अभियान पनि शुरू गर्ने तयारी गरेको उनको भनाई छ । 'ठूलो काम गर्न नसके पनि यस्तै साना-साना काम गरेर केहि सफलता पाउने छौं भन्ने विश्वास छ,' उनले बताए । यस अभियानका लागि आवश्यक रकम सुपरहिट फिल्मको च्यारिटी गरेर जम्मा गर्ने उनी बताउँछन् ।