Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बालबालिकाले बिना अभिभावक `नोटबुक` पल्टाउन नपाउने

फिल्मीखबर, काठमाण्डौ, 2013/04/01

१३ बर्ष मुनिका बालबालिकाले नोटबुक फिल्म हेर्न अभिभावकको साथ हल पुग्नु पर्ने भएको छ । सोमबार साँझ सेन्सर बोर्डका सदस्यहरूले फिल्म हेरे पश्चात `प्यारेन्टल गाईडेन्स` अर्थात् (पिजी) दिएको निर्देशक योगेश घिमिरेले फिल्मीखबरलाई जानकारी गराए । फिल्मका राखिएको द्धन्दको सिनले पिजी सर्टिफिकेट पाएको योगेशको भनाई छ ।

 

अबको ५० बर्ष पछिको नेपालको परिकल्पना गर्दै निर्देशक घिमिरेले कोरेको नोटबुकमा जीवन लुईटेल, नीता ढुंगाना र शेन सापकोटाको त्रिकोणात्मक प्रेमकथा रहेको छ । प्रज्ञा फिल्मसको व्यानरमा प्रज्ञा जोशीले निर्माण गरेको यो फिल्मको पटकथा तथा संवाद शिबम अधिकारीले तयार पारेका हुन् । बसन्त सापकोटाको संगीत तथा संजय लामाको छायाँकन रहेको यो फिल्ममा द्धन्दनिर्देशन रोशन श्रेष्ठले गरेका छन् भने करियोग्राफी कविराज गहतराजको रहेको छ ।

 

चैत्र ३० गते रिलिज हुन लागेको यो फिल्मको गीत अहिले निकै चर्चामा छ । 'गीतबाट राम्रो प्रतिक्रिया पाएको छु,' संगीतकार सापकोटाले भने । यस्तै निर्देशक घिमिरेले पनि आफ्ना अघिल्ला फिल्म भन्दा यो निकै राम्रो बनेको बताए । 'यहि फिल्मले मेरो निर्देशकिय करियरको निधो गर्नेछ,' योगेशले प्रतिक्रिया दिए ।